Home / अपराध / यौनजन्य हिँसालाई रोक्न र न्युनिकरण गर्न ध्यान दिनु पर्नेमा सरोकारवालाहरुको जोड

यौनजन्य हिँसालाई रोक्न र न्युनिकरण गर्न ध्यान दिनु पर्नेमा सरोकारवालाहरुको जोड

सप्तरङ्गी एफ.एम. दमक/असोज २६/
यौनजन्य हिँसा भैसकेपछि मात्र सडकमा उत्रने र दबाब दिने मात्रै भन्दा पनि हिँशा रोक्न र न्यूनीकरण गर्ने कार्यमा ध्यान दिनुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
नारि सञ्चार गृह झापाले आज आयोजना गरेको शुभकामना आदनप्रदान तथा बलात्कार तथा यौनजन्य हिँशा न्युनिकरणमा सरोकारवालाको भुमिका विषयक अन्तकृया कार्यक्रमका वक्ताहरुले यौनजन्य हिँशा रोक्ने र न्यूनीकरण गर्ने कार्यमा ध्यान दिनुपर्ने बताएका हुन् । पछिल्लो समय यौनजन्य हिँशा र बलात्कारका घटना दैनीक रुपमा बढ्दै गएकोले यस्ता घटना हुन नदीन सरोकारवाला पक्ष गम्भीर भएर लाग्नुपर्ने कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभा साँसद पवित्रा निरौला खरेलले बताउनुभयो । गत आर्थिक वर्ष २०७४÷०७५ मा मात्र झापामा १ हजार ४ सय ८० वटा यौनजन्य हिँशा तथा बलात्कारका भएको जनाईएको छ । यस्ता घटना न्यूनीकरणका लागि झापाबाट अभियाननै सञ्चालन गरेर सचेतनामुलक कार्यक्रमको सुरुवात गर्ने नारि सञ्चार गृह झापाकी सँस्थापक अध्यक्ष सावित्रा भट्टराईले बताउनुभयो । सञ्चार गृहकी उपाध्यक्ष भिमा सिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जनप्रतिनिधि, सामाजिक व्यक्तित्व र विभिन्न सँघसँस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...