Home / ट्रेन्डिङ्ग / राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर १ अध्यक्षमा दमककी पार्वता श्रेष्ठ निर्वाचित

राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर १ अध्यक्षमा दमककी पार्वता श्रेष्ठ निर्वाचित

सप्तरङ्गी एफ.एम. दमक/असोज २६/
राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर १ को पहिलो अधिवेसन बाट महासंघको प्रदेश अध्यक्षमा दमककी पार्वता श्रेष्ठ निर्वाचित हुनु भएको छ । गए राती अबेर सकिएको अधिवेसले श्रेष्ठको अध्यक्षमा १६ सदस्सीय कार्य समिति सर्वसम्मत चयन भएको हो । उपाध्यक्षमा सुनसरीकी दिपकला राई, सचिवमा मोरंगकी पर्मिला घिमिरे, सह सचिवमा ईलामका दामोदर रिजाल र कोषाध्यक्षमा मोरंगका चेत बराल निर्वाचित हुनु भएको महासंघ दमक नगर अध्यक्ष खगेन्द्र बहादुर भट्टराईले जानकारी दिनुभयो । १९ सदस्सीय कार्यसमितिमा तिन जना समितिको पहिलो बैठकले मनोनयन गर्ने बताईएको छ ।
यस अघि हिँजो मध्यान्ह एक कार्यक्रमका विच प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले साधारणसभाको उद्घाटन गर्नु भएको थियो । साधारणसभाको उद्घाटन गर्दै मन्त्री कार्कीले आपाङ्गता भएका व्यक्तिहरुले पनि मुलुकको परिवर्तनका लागी ठुलो योगदान गरेको भन्दै उनिहरुलाई स्वावलम्बी बनाउन प्रदेश सरकारले कार्यक्रम ल्याउने बताउनु भयो ।
साधारणसभाले अध्यक्ष रामबहादुर कार्कीले प्रस्तुत गर्नु भएको अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष बिष्णुप्रसाद बरालले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन सुझाव सहित पारित गरेको थियो ।

x

Check Also

एसिएन लाइफ इन्स्योरेन्सद्वारा मोरंगको पथरीमा उप–शाखा सञ्चालन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २५/ एसिएन लाइफ इन्स्योरेन्स कम्पनिले मोरंगको पथरीमा उप–शाखा सञ्चालन सुरु गरेको छ ...

नेपाली कांग्रेस क्षेत्रीय समिति आफ्नै नव निर्मित भवनमा सर्यो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको कार्यालय दमकको आप्mनै नवनिर्मित भवनमा सरेको छ ...

कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम हुने प्रधान न्यायधीस ओमप्रकाश मिश्रको भनाई

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम ...

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...