Home / खेलकुद़़ / प्रथम मिडिया कप फूटसलको उपाधि कसारलाई

प्रथम मिडिया कप फूटसलको उपाधि कसारलाई

सप्तरंगी एफएम / २७ अशोज २०७५

प्रथम मिडिया कप फुटसल प्रतियोगिता २०७५ को उपाधी गौरादहको कसार साप्ताहिकले जितेको छ । समदर्शी सञ्चार मासिक दमकलाई १ को विरुद्ध ५ गोल गर्दै कसार साप्ताहिकले विजय हात पारेको हो ।

जितसंगै कसार साप्ताहिकले  नगद १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ, उपविजेता समदर्शिले  नगद १० हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

बिजेता र उपविजेता  टोलीलाई कार्यक्रमकी प्रमुख अतिथि  प्रतिनिधि सभा सदस्य महेन्द्रकुमारी लिम्बुले उक्त पुरस्कार प्रदान गर्नुभयो  । कार्यक्रममा सांसद लिम्बुले फुटसल विश्वमा चर्चित खेल भएकोले यसलाई स्थानयि क्षेत्रमा समेत विकास गनुृ पर्ने बताउनु भयो ।

खेल अवधिभरका बढी गोल कर्ता विजेता  टीमका अंकित दाहाल र उपबिजता टिमका शुशिल राईले प्राप्त प्राप्त गर्नुभयो  ।  यस्तै  सर्वोत्कृष्ट खेलाडी  विजेता टीमका प्रेमसागर दाहाल घोषित हुनुभयो  ।

यसअघि नेपाल प्रेश युनियन माइ पश्चिम क्षेत्रीय समितिका सभापति विष्णु सुव्बाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, गौरादह नगरपालिकाका प्रमुख रोहित शाह, दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी, ब्रोडकास्टिङ एशोशियशन नेपाल प्रदेश नम्बर १ का सचीव धु्रव राज न्यौपाने दमक जेशिजका अध्यक्ष चन्द्र खत्री लगायतले फुटसल खेल प्रति झापालीको चासो बढ्न थालेकोले यसको विकासमा सवैले ध्यान दिनु पर्नेमा जोड दिएका छन् ।

नेपाल प्रेश युनियन माई पश्चिम क्षेत्रिय समितिको आयोजनमा भएको खेलमा झापा विभिन्न १० वटा संचार माध्यमले भाग लिएको कार्यक्रम संचालक समितिका सचीव अर्जुन राजबंशीले बताउनु भयो ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...