Home / ट्रेन्डिङ्ग / अन्तर्राष्ट्रिय ग्रामिण महिला दिवसको अवसरमा दमकमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय ग्रामिण महिला दिवसको अवसरमा दमकमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/
अन्तर्राष्ट्रिय ग्रामिण महिला दिवसको अवसरमा आज दमकमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय महिला अधिकार मञ्च झापाको आयोजनामा ग्रामिण भेगमा बसोबास गर्ने महिलाहरुको जिवनस्तर परिवर्तको बिषयमा अन्तत्र्रिmया गरिएको हो । मञ्चकी झापा जिल्ला अध्यक्ष उमा नेपालको अध्यक्षतामा भएको कार्यक्रममा मा मञ्चकी केन्द्रिय सदस्य मन्धरा पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
महिलाका हक, अधिकार र कानूनी उपचारका बिषयमा उज्यालो नेपालका अध्यक्ष यज्ञप्रसाद भट्टराईले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा महिलाहरुले बाल बिबाह, सम्बन्ध बिच्छेद, अंशबंडा, अपुतालि सम्पत्ति, यौनजन्य अपराध, जबर्जस्ती करणी र हाडनाता करणी सम्बन्धि कानूनी ब्यवस्था र उपचारको बारेमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा बदलिदो परिवेशमा कानूनी उपचारको सहज र बिश्वाशिलो बातावरण बनाउन राज्य सधंै सजक हुनुपर्नेमा प्रमूख अतिथि मन्धरा पौडेलले जोड दिनु भयो । कार्यक्रममा स्थानीय समाजसेवी गोबिन्द बहादुर बस्नेत, राष्ट्रिय दलित महिला संघकी केन्द्रिय अध्यक्ष सुमित्रा गजमेर, जनचेतना महिला बिकास संघका प्रतिनिधि टिका कुमारी बस्नेत लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...