Home / ट्रेन्डिङ्ग / खुल्ला भन्सार र भ्याट रिफन्डको रोकले नेपाली बजार महङ्गिएर बजार कमजोर भएको व्यवसायीको गुनासो

खुल्ला भन्सार र भ्याट रिफन्डको रोकले नेपाली बजार महङ्गिएर बजार कमजोर भएको व्यवसायीको गुनासो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/
चाड पर्व नजिकिए संगै बजारमा चहल पहल बढे पनि सोचेजस्तो व्यवसाय हुन नसकेको व्यवसायीहरुको गुनासो रहेको छ । सबै ग्राहकरुले नेपाली बजारमै सामान खरिद गरे व्यवसाय राम्रो हुने भए पनि नेपाली ग्राहकहरु समान खरिद गर्न भारितय बजार पुग्दा नेपाली बजार कमजोर भएको व्यवसायीले बताएका छन् ।
खुल्ला भन्सारका कारण भारतीय बजारमा सामान सस्तो पाउनुका साथै भ्याट रिफन्डको रोकले नेपाली बजार महङ्गिएकाले नेपाली बजार कमजोर भएको उद्योग बाणिज्य संघ दमकका प्रथम उपाध्यक्ष गोपाल गुरागाईंले बताउनु भयो ।
मेची करिडोरको इलामदेखि कोशी करिडोरको धनकुटासम्मका ग्राहकहरु सामान खरिद गर्नको लागी पानीट्याङ्की र जोगबनी पुग्ने गरेको पाइएको छ । काठमाडौँलगायतका शहरबाट नाका आसपासको शहरमा पाहुना बनेर आएका समेत जोगबनी र पानीट्याङ्की गएर सामान खरिद गर्ने गरेका छन् ।
मोबाइललगायत इलेक्ट्रोनिक्स सामानमा कडाइ गरिएका कारण नेपालतर्फको व्यापारमा समस्या परेको पाथिभरा ईलेक्ट्रोनिक्स दमकका सञ्चालक शेश नारायण शहको भनाइ छ ।
पहिले पहिले चाडपर्वमा व्यापार बढ्ने भएकाले धेरै सामान ल्याउने गरे पनि पछिल्लो वर्ष व्यापार कम हुन थालेको साधना साडी सेन्टर दमकका सञ्चालक लक्ष्मण श्रेष्ठले बताउनु भयो ।
मुख्य गरी कपडा, इलेक्ट्रोनिक्स सामान र किराना वस्तुमा व्यापारीलाई महङ्गो भन्सार लिने गरिन्छ । उपभोक्ताको लागि भनेर छुट गर्नाले पनि दुले व्यापारीहरू उपभोक्ताको रूपमा जाने गरेको पाइएको छ ।

x

Check Also

दमकमा आगामी माघ १८ गते बृहत सांगितिक कार्यक्रम हुँदै

सप्तरङ्गी एफ.एम. दमक/माघ ६/दमकमा आगामी माघ १८ गते बृहत सांगितिक कार्यक्रम हुने भएको छ । ...

सडक नबनेपछि दमक ५ स्थित दीपिनी टोल बासीहरुद्धारा रकम फिर्ताको माग

सप्तरङ्गी एफ.एम. दमक/माघ ४/समयमै वाटो निर्माण नभएपछि दमक ५ स्थित दीपिनी मार्गका उपभोक्ताहरुले आफनो रकम ...

बालुबथान कृषि सहकारी संस्थाद्वारा अन्तरक्रिया तथा छलफल

सप्तरंगी एफएम दमक / ०३ माघ २०७५ गौरादह वार्ड नम्बर ५ मा रहेको बालुबथान कृषि ...

उर्लाबारीका वडाध्यक्षले बिक्री गरे अनुदानको बीउ, किसान भन्छन्– पैसा कहाँ गयो ?

सप्तरङ्गी एफ.एम. दमक/माघ १/ उर्लाबारी नगरपालिकाले वडा नं.८ र ९ का लागि दिएको अनुदानको मकैको ...

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...