Home / खेलकुद़़ / कचनकवल प्रीमियर लिगमा आज आदर्श र बगान तथा बनियानी र स्टुडेन्टस भिड्दै

कचनकवल प्रीमियर लिगमा आज आदर्श र बगान तथा बनियानी र स्टुडेन्टस भिड्दै

 

 

सप्तरङ्गी एफएम / ३० असोज २०७५      -९.३०

झापाको कचनकवलमा जारी प्रथम कचनकवल प्रिमियर लिग क्रिकेटमा आजबाट नकाउट चरणका खेलहरु हुदैछन् ।

आजको पहिलो खेल अन्र्तगत अहिले आयोजक आदर्श क्रिकेट क्लब र बगान क्रिकेट क्लब खेलिरहेका छन् । त्यस्तै दोस्रो खेलमा बनियानी क्रिकेट क्लब र स्टुडेनट्स क्लब बिच प्रतिष्पर्धा हुने आयोजक आदर्श क्रिकेट क्लबका सल्लाहकार गोपाल पाठकले जानकारी दिनुभयो ।

हिजो भएको खेलमा बनियानी क्रिकेट क्लब बिजयी भएको छ । बनियानिले अर्जुनधारा क्रिकेट क्लबमाथि एक रनको रोमाञ्चक जित निकालेको थियो । टस जितेर पहिले ब्याटिंग गरेको बनियानिले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७८ रन बनाएको थियो । ७९ रनको लक्ष्य पछ्याएको अर्जुनधारा १६ ओभर खेल्दै सबै विकेट गुमाएर ७७ रनमा समेटिएपछि बनियानी १ रनको झिनो अन्तरले बिजयी भएको हो ।

झापा जिल्लाका १५ ओटा टिम सहभागी प्रतियोगिता कत्तिक १ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको बिजेता टिमले नगद १५ हजार र ट्रफी , उपविजेता टिमले नगद ८ हजार र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...