Home / ताजा समाचार / कमल नगर जेसिजको शुभकामना कार्यक्रम

कमल नगर जेसिजको शुभकामना कार्यक्रम

सप्तरंगी एफएम / कमल , ३० असोज २०७५

कमल नगर जेसिजले आज एक कार्यक्रमका विच बडा दशैं , शुभदिपावली तथा छैठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ  साथै नेपाल आईडल सिजन टु मा सहभागी अस्मिता अधिकारीलाई विजय गराउन एसएमएस मार्फत भोट दिन अनुरोध गरेको छ ।

कमल नगर जेसिजका वर्ष २०१८ का अध्यक्ष केदार कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले शुभकामना मन्तव्यका साथै कमल नगर जेसिजले समाजमा गरेको कामको प्रशंसा गर्दै कमल गाउँपालिका वडा नम्वर ७ निवासी नेपाल आईडल सिजन टु मा सहभागी अस्मिता अधिकारीलाई जिताउन गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जानउनु भयो ।

कार्यक्रमका विषेश अतिथी नेपाल आईडल सिजन टु का प्रतिस्पर्धि अश्मिता अधिकारीले सबै गाउँ वसिलाई आफुलाई भोटिङ्ग मार्फत जिताउन अनुरोध  गर्नु भयो ।

कार्यक्रममा  कमल नगर जेसिजका सस्थापक अध्यक्ष रुपनारायण न्योपाने,केर्खा बजार व्यवस्थापन समितकिा अध्यक्ष चक्र गुरुङ्ग वडा नम्बर ३ का वडा अध्यक्ष नरप्रसाद दंगाल विहानी कला केन्द्र दमकका सन्चालक हेमन्त रिजाल लगायतको उपस्थिती रहेको थियो ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...