Home / खेलकुद़़ / प्रथम कचनकवल प्रीमियर लिग क्रीकेट प्रतियोगिताको उपाधिको लागि बगान र बनियानी भिड्ने

प्रथम कचनकवल प्रीमियर लिग क्रीकेट प्रतियोगिताको उपाधिको लागि बगान र बनियानी भिड्ने

सप्तरंगी एफएम / कचनकवल / ३१ असोज २०७५

बनियानी क्रीकेट क्लब झापाको कचनकवलमा जारी प्रथम कचनकवल प्रीमियर लिग क्रीकेट प्रतियोगिताको फाईनलमा प्रबेश गरेको छ ।

आज भएको अन्तिम सेमिफाईनलमा सुर्यचन्द्र क्रीकेट क्लबलाई ९८ रनले पराजित गर्दै बनियानीले फाईनलमा बगानसँगकाे भेट पक्का गरेकाे हाे ।

टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको बनियानिले १९ ओभर खेल्दै सबै विकेट गुमाएर १३६ रन बनायो , १३७ रनको लक्ष्य पछ्याएको सुर्यचन्द्रले ९ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर ३८ रन मात्र बनाउन सक्यो ।

उपाधिको लागि भोलि बनियानी र बगान क्रिकेट क्लब बीच भिडन्त हुनेछ, फाइनल खेल बिहान ९ बजेदेखि हुने आयोजक आदर्श क्रिकेट क्लबले जनाएको छ l

प्रतियोगिताको बिजेता टिमले नगद १५ हजार र ट्रफी साथै  उपविजेता टिमले नगद ८ हजार र ट्रफी प्राप्त गर्नेछन  l

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...