Home / खेलकुद़़ / प्रथम कचनकवल प्रीमियर लिग क्रीकेट प्रतियोगिताको उपाधी बगानलाई

प्रथम कचनकवल प्रीमियर लिग क्रीकेट प्रतियोगिताको उपाधी बगानलाई

सप्तरङ्गी एफएम /०१ कात्तीक २०७५

प्रथम कचनकवल प्रीमियर लिग क्रीकेट प्रतियोगिताको उपाधी बगान क्रीकेट क्लब बगानले जितेको छ । बनियानी क्रीकेट क्लब बनियानिलाई ३ विकेटले पराजित गर्दै बगानले उपाधी जितेको हो ।

जित संगै बगान क्रीकेट क्लबले नगद १५ हजार मेडल र ट्रफी प्रप्त गरेको छ भने बनियानिले नगद ८ हजार मेडल र ट्रफी प्राप्त गरेको छ ।

पथरिया माविको खेल मैदानमा आज भएको फाईनल खेलमा बनियानिले प्रस्तुत गरेको ७३ रनको लक्ष्य बगानले १७ ओभर ५ बलमा ७ विकेट गुमाएर भेटाएको हो । यसअघि १८ ओभरमा सबै विकेट गुमाउदै बनियानिले ७२ रनको मध्यम स्कोर बनाएको थियो ।

प्रतियोगिता भरि उत्कृस्ट प्रदर्शन गरेका बनियानिका अनिल लामिछाने प्रतियोगिताको उत्कृष्ट खेलाडी हुनुभयो ।

बिजेता र उत्कृष्ट खेलाडीलाई कचनकवल गाउँपालिका प्रमुख अन्जार आलमले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो

आदर्श क्रीकेट क्लबको आयोजनमा गत असोज २३ गतेबाट संचालित प्रतियोगितामा झापा जिल्ला भरिका १५ टिमको सहभगिता रहेको थियो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...