Home / ताजा समाचार /  अमेरिकामा कलाकारको दशैं :सङ्गीतकार टीका भण्डारीबाट टीका ग्रहण

 अमेरिकामा कलाकारको दशैं :सङ्गीतकार टीका भण्डारीबाट टीका ग्रहण

सप्तरंगी एफएम / ४ कात्तिक २०७५

हिजो साँझ न्युयोर्क शहरको ज्याक्सन हाइट क्विस्न्समा ‘दसैं टीका ग्रहण कार्यक्रम’ सम्पन्न भएको छ । दसैं बिशेष कार्यक्रममा ६० जना नेपाली कलाकारहरुले  केहि दिन अघि अमेरिका पुग्नुभएका  बरिष्ठ सङ्गीतकार तथा गायक टीका भण्डारीको हातबाट सामुहिकरुपमा दसैंको टीका लगाएका छन् ।

प्रमुख अतिथिका रुपमा पुगेका कलाकार टीका भण्डारीलाई गायिका सपना श्री,गायक नरबहादुर दाहाल, संगीतकार शिशिर श्रेष्ठले समेत साथ् दिनुभएको  थियो । अमेरिका नेपाली कलाकार सङ्घका अध्यक्ष सुमन बुढामगरको अद्यक्षतामा आयोजित ”बरिष्ठ सङ्गीतकार /गायक टीका भण्डारीबाट दशैं टीका ग्रहण” कार्यक्रममा न्युयोर्कमा रहेका ६० जना भन्दा बढी नेपाली कलाकार  उपस्थित भएका थिए,।

केहि राष्ट्रिय खेलाडी तथा पत्रकारहरु समेत उक्त दसैंको टीका ग्रहण कार्यक्रममा सहभागी बनेका थिए। धार्मीक साँस्कृतिकरुपमा फरक आश्थाका कारण दसैंमा टीका ग्रहण नगर्ने केहि कलाकार साथीहरु समेत टीका ग्रहण कार्यक्रममा भावनात्मकरुपमा एक्यबद्दताका लागि समेत सहभागी भएका देखिन्थे।

दसैं टीका ग्रहण कार्यक्रममा बरिष्ठ गायिका सपना श्री, चर्चित गायक जगदिस समाल,बरिष्ठ गितार बादक शिशिर श्रेष्ठ,गायक तिलक बम मल्ल, चर्चित लोक गायक बिमल डाँगी मगर, सुमनबुढा मगर, गायिका शर्मिला गुरुङ,बरिष्ठ बाद्यकलाकर न्हुच्छेमान डंगोल, राष्ट्रिय धावक,गायक नरबहादुर दाहाल,लगायत ६० भन्दा बढी कलाकारहरुलाई सङ्गीतकार भण्डारीले टीका जमरा लगाउंदै फलार प्रसाद प्रदान गर्नुभएको  थियो ।

कार्यक्रममा आ- आफ्ना गीतका मुखडा प्रस्तुत गर्दै कलाकारहरुले नेपालमा बस्ने आफ्ना परिवारजन र शुभचिन्तकहरुलाई समेत दशैंको शुभकामना ब्यक्त गरेका थिए।कान्तिपुर पब्लिकेसनका पत्रकार,सफल सगरमाथा आरोही आङ् छिरिङ् शेर्पा समेत कार्यक्रमको अतिथिका रुपमा देखिन्थे। साथै केहि नेपाली कला सङ्गीतका शुभचिन्तक, उद्योगी र साहित्यानुरागीहरुको समेत उपस्थिति थ्यो। कार्यक्रम स्थलको एउटा लबीमा यस प्रकारको दसैं पर्व बिशेष कार्यक्रम भईरहँदा, अर्को लबीमा बसेका अमेरिकन नागरिकहरु समेत निकै चासो मानेर कार्यक्रमलाई नियालिरहेका देखिन्थे ।

कार्यक्रममा यहि आउँदो डिसेम्बर ८ तारिकमा अमेरिकन नेपाली कलाकार सङ्घले न्युयोर्कमा बृहत सांगीतिक साँझ तथा अग्रज स्रष्टा सम्मानको कार्यक्रम गर्न लागेको कुरा अनलाइन प्रसारण मार्फत सबैलाई सगौरब जानकारी गराइएको थियो।

नेपालबाट एक हप्ताको दसैंको छुट्टीमा अमेरिका पुग्नुभएका  भण्डारीले भन्नुभयो  -” यसरि आफ्नो परिवार र देशबाट बिछोडिएका हाम्रा प्रिय कलाकारहरुलाई सामुहिकरुपमा बडा दसैंको टीका लगाउन पाउनु मेरो लागि पनि निकै गर्वको बिषय हो’ । संगीतकार भण्डारीले दशैं जस्ता चाडबाड र गित संगीतले देशको संस्कृति जोगाउन ठुलो भूमिका खेल्ने बताउदै आफुलाई सम्मान गरेकोमा आयोजकलाई धन्यबाद  दिनुभयो

यसैगरी कार्यक्रममा अमेरिका नेपाली कलाकार सङ्घका अध्यक्ष सुमन बुढामगरले हालसम्म ५०२ जना नेपाली कलाकारहरुले अमेरिकाबाट ग्रिनकार्ड लिई सकेको जानकारी गराउनु भयो । यस सम्बन्धि एउटा आधिकारिक तथ्याङ्क सहितको पुस्तक नै संस्थाको तर्फबाट प्रकाशोन्मुख रहेको पनि वहाले जानकारी  दिनुभयो l

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...