Home / ताजा समाचार / ग्वाल्डुब्बा बजार नयाँ ठाउँमा स्थानान्तरण: डीपीआर बनाए सहयोग गर्ने मन्त्रि कार्कीको आस्वासन

ग्वाल्डुब्बा बजार नयाँ ठाउँमा स्थानान्तरण: डीपीआर बनाए सहयोग गर्ने मन्त्रि कार्कीको आस्वासन

सप्तरंगी एफएम /  युबराज रेग्मी , ग्वाल्डुब्बा / ४ कार्तिक २०७५

गौरादह नगरपालिकाको प्राचीन बजार ग्वाल्डुब्बा साबिक स्थानबाट १००मिटर पुर्ब सरेको छ ।

नयाँ बजारको आज  एक कार्यक्रमलाईको बीच आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उदघाटन गर्नुभयो l कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री कार्कीले ग्वाल्डुबा बजार सुबिधा सम्पन्न गर्न बिस्तृत परियोजना प्रतिबेदन (DPR) तयार गरि अघि बढे प्रदेस सरकारबाट आबस्यक सहयोग हुने आस्वासन समेत दिनुभयो  ।

 

नया बजारमा हाल ३ वटा ब्लकमा जम्मा ३० वटा टहरा निर्माण गरिदैछ ,बजार स्थलमा आवस्यक पर्ने बिजुली , खानेपानी, सार्बजनिक सौचालय निर्माण गर्न टेन्डर कार्य सम्पन्न भएको छ, बजार स्थल जाने बाटोमा उच्चस्तरिय ग्राभेल गरिने साथै बजार स्थलमा थप ६० कोठे टहरा निर्माण गरिने र बजार वरपर रिङरोड बनाइने योजना रहेको र  यसका लागि सहरीबिकास मन्त्रालयसग सहजिकरण गरिने साथै आगामी दिनमा नगरपालिकाबाट प्राप्त हुने बजेटबाट पनि पुर्बाधार निर्माण गर्दै लगिने वडा नामबर ४ का  वडाध्यक्ष बलराम खरेलले बताउनुभयो  ।

राजकुमार अधिकारिको सभापतित्वमा सन्चालन भएको कार्यक्रममा प्रमुख अतिथी  मन्त्री हिक्मत कार्की , बिसिस्ठ अतिथीहरु नगर प्रमुख रोहित कुमार साह , उप प्रमुख गिता भेट्वाल ,गौरिगन्ज पालिका उपाध्यक्ष दिपेन्द्र थापा , अतिथीहरु वडा अध्यक्ष बलराम खरेल , वडा न ९ का वडा अध्यक्ष सिताराम भट्टराई , गौरादह बाणिज्य संघ अध्यक्ष जीवन राई , नेकपा गौरादह नगर अध्यक्ष मित्रदेब काफ्ले, प्रगती मा बि का प्र अ मान बहादुर घिमिरे लगायत स्थानीयको उपस्थिती रहेको थियो ।

आजै  उद्घाटन गरिएको बजारमा दसै मेला समेत लागेको थियो मेलामा  स्थानिय सस्कृति झल्किने सन्थाल नृत्य सहितको प्रस्तुति रहेको  र मेला र नया बजार हेर्न गौरादह नगर वरपर बाट करिब ३५०० को  संख्यामा स्थानिय बासिन्दाहरुको उपस्थिती रहेको वडाध्यक्ष खरेलले बताउनुभयो  ।

x

Check Also

दमकमा आगामी माघ १८ गते बृहत सांगितिक कार्यक्रम हुँदै

सप्तरङ्गी एफ.एम. दमक/माघ ६/दमकमा आगामी माघ १८ गते बृहत सांगितिक कार्यक्रम हुने भएको छ । ...

सडक नबनेपछि दमक ५ स्थित दीपिनी टोल बासीहरुद्धारा रकम फिर्ताको माग

सप्तरङ्गी एफ.एम. दमक/माघ ४/समयमै वाटो निर्माण नभएपछि दमक ५ स्थित दीपिनी मार्गका उपभोक्ताहरुले आफनो रकम ...

बालुबथान कृषि सहकारी संस्थाद्वारा अन्तरक्रिया तथा छलफल

सप्तरंगी एफएम दमक / ०३ माघ २०७५ गौरादह वार्ड नम्बर ५ मा रहेको बालुबथान कृषि ...

उर्लाबारीका वडाध्यक्षले बिक्री गरे अनुदानको बीउ, किसान भन्छन्– पैसा कहाँ गयो ?

सप्तरङ्गी एफ.एम. दमक/माघ १/ उर्लाबारी नगरपालिकाले वडा नं.८ र ९ का लागि दिएको अनुदानको मकैको ...

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...