Home / कला/साहित्य / प्रतियोगितात्मक सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समुह प्रथम

प्रतियोगितात्मक सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समुह प्रथम

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/
झापाको कमल गाउँपालीका ५ स्थित लखनपुरमा बडादशैंको अवसरमा हरेक बर्ष एकादशीका दिन लाग्दै आएको टिका मेलामा आयोजना गरिने प्रतियोगितात्मक सन्थाल नृत्यमा यस बर्ष शिवसताक्षी सन्थाल समूह प्रथम भएको छ । प्रथम भएसंगै विजेता समूहले नगद ६ हजार ५ सय रुपैयाँ सहित प्रमाणपत्र हात पारेको छ ।
यसैगरि प्रतियोगितामा नेपाल सन्थाल माराङबुरू युवा क्लव सराङपाडा दोश्रो र पुराईनीवाहा युवा क्लव समयगढ तेश्रो भएको मेला आयोजक सगुन युवा क्लवका अध्यक्ष देवेन्द्रराज आङदेम्बेले बताउनु भयो । दोस्रो हुने टिमले नगद ५ हजार ५ सय रुपैयाँ र तेस्रो हुने टिमले ४ हजार ५ सय रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
यसैगरि प्रतियोगितामा सहभागी अन्य ३ वटा सन्थाल समूहलाई ४÷४ हजार रुपैयाँ प्रदान गरिएको छ ।
प्रतियोगितामा नृत्य समूहहरुलाई कमल गाँउपालिकाका उपाध्यक्ष वेनु शिवाकोटी, इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बा, वडाध्यक्ष डम्बर निरौला, सामाजिक अगुवाहरु ललित राई, गणेश आङदेम्बे, सुदिप राई लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भयो ।
कमल ५ पाडाजुंगी मंगलबारेमा बर्सेनी बडादशैंका एकादशीका दिन परम्परागत सन्थाल नृत्यसहितको दशैं मेला लाग्दैआएको छ ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...