Home / अपराध / बलात्कार प्रयास गर्ने युवक दमक प्रहरीद्वारा पक्राउ

बलात्कार प्रयास गर्ने युवक दमक प्रहरीद्वारा पक्राउ

सप्तरङ्गी एफ.एम. दमक / ५ कात्तिक २०७५

दमक ९ मा गए राती एक युवति माथि बलात्कार प्रयासको आह्रोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ   ।

दमक वडा नम्बर ९ चियादोकान चौकका २७ बर्षिय सुमित धिमाल स्थानिय एक युवतिलाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका हुन । धिमालले सोहि ठाउँकी एक युवतिलाई गए राती २ बजे तिर घरमा सुतिरहेकोबेला बलात्कारको प्रयास गरेको आरोप लागेको छ ।

धिमालले राती घरको भुन्टिलेसनबाट हात छिराई घरको झ्याल खोलेर सुतिरहेको बेला  घाँटी थिचेर बलात्कारको प्रयास गर्दा  चिच्याए पछि धिमाल फरार भएको पिडित युवतीले बताएकी छिन  ।

आरोपित धिमाललाई रातीनै प्रहरीको टोलीले पक्राउ गरी आवस्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव निरिक्षक श्यामल सुब्बाले जानकारी दिनुभयो ।

पिडितको को किटानी जाहेरीको आधारमा आवस्यक कानुनी प्रक्रिया सुरु गरिएको प्रहरी नायव उपरिक्षक सुब्बाले बताउनु भयो ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...