Home / कला/साहित्य / गौरादहमा भोली लाग्ने मेलाको सम्पुर्ण तयारी पुरा

गौरादहमा भोली लाग्ने मेलाको सम्पुर्ण तयारी पुरा

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ६/
झापाकै पुरानो बजारको रुपमा रहेको गौरादह बजारमा यस पटक कोजाग्रत पुर्णिमाको अवसरमा बृहत मेला लाग्ने भएको छ ।

गौरादह बजार व्यवस्थापन समितिको आयोजना र नगरपालीकाको सहयोगमा मेला लगाउने तयारी गरिएको गौरादह वडा नम्बर १ का वडाध्यक्ष तथा नगरपालीकाका प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

यस अघिका बर्षहरुमा पनि मेला लाग्दै आएकोमा यस पटक व्यवस्थीत रुपमा मेला संगै साँस्कृतिक महोत्सव समेत आयोजना गरिएको प्रवक्ता भण्डारीले बताउनु भयो ।

भोली असोज ७ गते बिहान ११ बजे देखी सुरु हुने मेलाको सम्पुर्ण तयारी पुरा भएको बजार व्यवस्थापन समितिका अध्यक्ष खड्गराज थापाले जानकारी दिनुभयो ।

मेलामा स्थानिय सन्थाल नृत्य, नौमती बाजा प्रतियोगिता साथै बिभिन्न सांस्कृतिक नृत्यको प्रतियोगीता गर्ने तयारी रहेको छ ।

सन्थाल र नौमती बाजा प्रतियोगिताको बिजेता प्रथम हुनेलाई नगर १५ हजार रुपैयाँ र द्वितियलाई नगद १० हजार रुपैयाँ पुरस्कार समेत दिईने गौरादह वडा नम्बर १ का वडा सदस्य कोमल प्रसाद ढुंगानाले जानकारी दिनुभयो ।

त्यसैगरी कार्यक्रममा सहभागी सबै टिमलाई नगद २ हजार ५ सय रुपैयाँ सहित प्रमाणपत्र उपलब्ध गराईने उहाँले बताउनु भयो ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...