Home / अपराध / उदयपुरमा एक बृद्धालाई मानव मलमुत्र खुवाई कुटपिट

उदयपुरमा एक बृद्धालाई मानव मलमुत्र खुवाई कुटपिट

सप्तरङ्गी एफ.एम. दमक कात्तिक ७

उदयपुरमा एक बृद्धालाई मानव मलमुत्र खुवाईएको छ । उदयपुरगढी गाउँपालिका वडा नं. ५ मौवासीकी ७५ बर्षिय महिलालाई मलमुत्र खुवाएको हो ।

गाउँमा एक्लै बसी गुजारा गर्दै आएकी बृद्धालाई छिमेकीको परिवारै मिलेर मलमुत्र खुवाएको निवेदन जिल्ला प्रहरीमा आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । छाडा पशु चौपायाको विषयमा विवाद हुदाँ वृद्धालाई मानव मलमूत्र जाहेरीमा उल्लेख छ ।

छाडा पशुले बाली खाएको विवादमा हिँजो राती छिमेकी बक्ते राई, उनकै श्रीमती गर्भि राई र छोरा देव वहादुर राईले कुटपिट गरि दिसा गर्न लगाई सोही दिसा खुवाई दिएको उजुरी आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक ललन प्रसाद कुर्मीले जानकारी दिनुभयो ।

प्रहरी निरिक्षक कुर्मीका अनुसार जिउ भरी नै दिशा लिएर जिल्ला प्रहरी कार्यालय आईपुगेकी बृद्धाको छिमेकीको कुटाईबाट दाहिने आखाँमा गम्भिर चोट लागेको छ भने शरीरको अन्य भागमा पनि निलडामहरु रहेका छन् ।

बृद्धाको थप उपचार र घाउ जाँचको लागि जिल्ला अस्पताल उदयपुर पठाएको र आरोपीलाई पक्राउ गर्नको लागि प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक कुर्मीले जानकारी दिनुभयो ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...