Home / कला/साहित्य / गौरादहमा बृहत साँस्कृतिक मेला

गौरादहमा बृहत साँस्कृतिक मेला

सप्तरङ्गी एफ.एम. दमक /  ७  कात्तिक २०७५ 
झापाको गौरादह नगरपालीकामा नगरभित्र रहेका जातिय परम्परा झल्कने साँस्कृतिक मेला आयोजना गरिएको छ । गौरादह वजार व्यवस्थापन समितिले आयोजना गरेको साँस्कृतिक दशैँ मेलामा जातिय संस्था, नगर भित्र रहेका क्लब र विद्यालयहरुको नृत्यहरु प्रस्तुत गरिएको छ ।

विगतका समयमा नगरभित्र रहेका जातिय सम्प्रदायहरुले मेला आयोजना गर्दैगरेको र त्यसबाट जातिय सद्भावको उत्थान हुने गरेकोमा बजार व्यवस्थापन समितिले सबै जात जातिको साँस्कृतिक पर्व मनाउने उद्देश्यले साँस्कृतिक मेला आयोजना गरेका बजार व्यवस्थापन समितिका अध्यक्ष खड्ग बहादुर थापाले बताउनुभयो । गौरादह नगरपालिकामा विभिन्न जातजातिहरुको बसोबास रहेकाले जातजातीहरुको भाषा सँस्कृती रहनसहन भेषभुसाको उत्थान र उजागर गर्ने उद्देश्यले साँस्कृतिक मेला आयोजना गरिएको वडा नं. १ का वडा अध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

गौरादह नगरपलिकामा रहेका सबै जातजातीलाई एकै ठाउँमा सहभागी गराई उनिहरुको साँस्कृतिक पहिचानलाई लोप हुनबाट जोगाउन परम्परागत मेलालाई यथास्थानमा राखी नयाँ ढङ्गले दशैँको अवसरमा साँस्कृतिक मेला आयोजना गरिएको नगरपालिका प्रबत्ता समेत रहनु भएका वडाध्यक्ष भण्डारीले बताउँनु भयो ।

गौरादह बजारमा आयोजना गरिएको साँस्कृतिक मेलामा झापा र मोरङका १७ वटा जातिय नृत्य टोलीहरु सहभागी भएका छन् ।

साँस्कृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको नृत्यमा दलित सशक्तिकरण नगर समन्वय समिति गौरादहले नौमती बाजा सहित नृत्य प्रदर्शन, नेपाल तामाङ घेदुङ संघले तामाङ सेलो, दुर्गा मन्दिर गौरादह, वडा नं. १ र २ ले संगिनी नृत्य सहित राष्ट्रियगीतमा नृत्य, युनाइटेड युथ क्लब र इभरग्रीन बोर्डिङ स्कुल गौरादहले राष्ट्रिय गीतमा नृत्य, किरात राई यायोख्खाले साकेला शिली, थारु कल्याणकारी समाज कल्याण परिषदले थारु नृत्य, नेवार समुदायले नेवार तथा लाखे नृत्य, मगर समुदायले हुर्रा नाच, ताजपुरिया समाजकल्याण परिशदले खोल्सना नाच, लगायत प्रदर्शन गरिएको छ ।

सहभागी टोलीहरुमा सन्थाल नृत्यलाई १५ हजार र दोश्रोलाई १० हजार, पञ्चेबाजालाई ७ हजार र अन्य सहभागी टोलीहरुलाई २ हजार ५ सयका दरले पुरस्कार वितरण गरिएको छ ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...