Home / अन्तराष्ट्रिय / अमेरीकाको मिनिसोटामा ६ जना भुटानी–नेपाली मुलका युवाद्वारा ग्रोसरी एण्ड किचन सञ्चालन

अमेरीकाको मिनिसोटामा ६ जना भुटानी–नेपाली मुलका युवाद्वारा ग्रोसरी एण्ड किचन सञ्चालन

सप्तरङ्गी एफ.एम. दमक कात्तिक ९
अमेरीकाको मिनिसोटामा ६ जना नेपाली मुलका युवाले संयुक्त व्यवसाय सुरु गरेका छन् । पुर्वि नेपालका भुटानी शरणार्थि शिबिरमा लामो समय बिताएर तेस्रो देश पुनर्वासको क्रममा अमेरीका पुगेका ६ जना युवाले ग्रोसरी एण्ड नेपाली किचनको स्थापना गरेका हुन । ग्रोसरी र किचनका सम्पुर्ण समानहरु सुपथ मुल्यमा बिक्रि गर्ने गरी व्यवसाय सुरु गरेको गरेको सञ्चालक तिलक पक्वालले जानकारी दिनुभयो । उपभोक्ताहरुलाई नेपाली, भारतिय साथै एसियन देशका सम्पुर्ण उत्पादनहरु एकै थलोमा उपलब्ध गराउने आफुहरुको उद्देस्य रहेको पक्वालले बताउनु भयो ।
एक भब्य कार्यक्रमका विच ग्रोसरी एण्ड नेपाली किचनको उद्घाटन गरिएको छ । अमेरीकाको मेनिसोटामा नेपाली, भारतिय साथै एसियन देशका मानिशहरुको बसोबास धेरै भएकोले उनिहरुलाई लक्षित गरेर व्यवसाय सुरु गरेको उहाँले बताउनु भयो । ग्रोसरी, किचन र खाद्यका सम्पुर्ण सामाग्रिहरु पनि ग्रोसरीमा उपलब्ध हुने छन् ।
पक्वालका साथै पर्मानन्द खतिवडा, मन गुरुङ, जिवन घले, भिक्टर राई र चेत सापकोटाको संयुक्त लगानीमा ग्रोसरी एण्ड किचन सन्चालनमा आएको हो । एसियाका सबै देशमा पाईने सामाग्रि तथा परिकारहरु यस स्थानबाट सुपथ मुल्यमा उपलब्ध हुने अर्का सञ्चालक जिवन घलेले बताउनु भयो ।

x

Check Also

दमकमा आगामी माघ १८ गते बृहत सांगितिक कार्यक्रम हुँदै

सप्तरङ्गी एफ.एम. दमक/माघ ६/दमकमा आगामी माघ १८ गते बृहत सांगितिक कार्यक्रम हुने भएको छ । ...

सडक नबनेपछि दमक ५ स्थित दीपिनी टोल बासीहरुद्धारा रकम फिर्ताको माग

सप्तरङ्गी एफ.एम. दमक/माघ ४/समयमै वाटो निर्माण नभएपछि दमक ५ स्थित दीपिनी मार्गका उपभोक्ताहरुले आफनो रकम ...

बालुबथान कृषि सहकारी संस्थाद्वारा अन्तरक्रिया तथा छलफल

सप्तरंगी एफएम दमक / ०३ माघ २०७५ गौरादह वार्ड नम्बर ५ मा रहेको बालुबथान कृषि ...

उर्लाबारीका वडाध्यक्षले बिक्री गरे अनुदानको बीउ, किसान भन्छन्– पैसा कहाँ गयो ?

सप्तरङ्गी एफ.एम. दमक/माघ १/ उर्लाबारी नगरपालिकाले वडा नं.८ र ९ का लागि दिएको अनुदानको मकैको ...

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...