Home / ताजा समाचार / धानबालीमा रोग लागेपछि गौरादहका किशान चिन्तित

धानबालीमा रोग लागेपछि गौरादहका किशान चिन्तित

सप्तरङ्गी एफ.एम. दमक /  कात्तिक १२ , २०७५

धानमा रोग लागेर उत्पादन नहुने भएपछि झापाको गौरादह नगर क्षेत्रका धेरै किसानहरु यस बर्ष निराश बनेका छन् ।

देशभर धान राम्रो फलेको खवर आईरहेका वेला गौरादह नगरपालिका क्षेत्रका किसानहरु भने निराश बनेका हुन् ।

गौरादहका विभिन्न क्षेत्रमा करिव २ सय विगाह भन्दा धेरै भागमा सरकारले सुचिकृत नगरेको रन्जित र सर्ना धान  बोट सुक्ने [कोथिने ], फल नलाग्ने जस्ता समस्या देखा परेको स्थानीय कृषक रिता खड्काले बताउनु भयो ।

गत बर्ष प्रति विगाह ८० मनसम्म धान फलेको क्षेत्रमा यस बर्ष २० देखि ३० मन पनि धान उत्पादन नहुने सम्भावना रहेको  ४ विगाहमा धान  खेती गर्नुभएका एक जना कृषक  टंक गिरी बताउनु हुन्छ  ।

धान फुल्ने वेला देखि एक प्रकारको मसिनो किराको आक्रमण भए पछि फल्न लागेको धान सुकेको र हरियो बोटमा पनि धान भन्दा बढी भुस लागेको कृषकहरु  बताएका छन् ।

स्थानीय  कृषि प्राविधिकलाई सोधेर औषधी प्रयोग गरे पनि खेतको धेरै भागमा यो रोगले आक्रमण गरेको किशानहरुले बताएका छन् ।

सरकारले कृषि क्षेत्रमा धेरै लगानी गरेको भए पनि सो क्षेत्रका किसानलाई कसैले पनि सोधी खोजी नगरेको भन्दै उनीहरुले गुनासो समेत पोखेका छन् ।

नेपालकै सवै भन्दा धेरै धान उत्पादन हुने जिल्लाको रुपमा चिनिएको झापामा यो बर्ष गत बर्षको भन्दा कम हुन सक्ने किसानको अनुमान रहेको छ । गत बर्ष झापामा करिव ८५ हजार हेक्टरमा ३ लाख २० हजार मेट्रिक टन धान उत्पादन भएको साविक जिल्ला कृषि विकास कार्यालय झापाको तथ्यांकमा उल्लेख छ  ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...