Home / कला/साहित्य / दमकको पाथिभरा चित्रमन्दिरमा चलचित्रहेर्न आउने दर्शकलाई बाँडियो कोल्ड कफि

दमकको पाथिभरा चित्रमन्दिरमा चलचित्रहेर्न आउने दर्शकलाई बाँडियो कोल्ड कफि

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक १७/
दमकको पाथिभरा चित्रमन्दिर दमकमा आज चलचित्र हेर्न आउने दर्शकलाई नेस्ली ब्राण्डको कोल्ड कफि निशुल्क बितरण गरिएको छ । चलचित्र भवनले नेस्ली कम्पनीको सहकार्यमा आफ्नो हलमा चलचित्र हेर्न आउने दर्शकलाई निशुल्क कोल्ड कफि बितरण गरिएको हो । आज दिनभरीका तिनै वटा शोमा चलचित्र हेर्न आउने दर्शकलाई कोल्ड कफि बितरण गरिएको पाथिभरा चलचित्र मन्दिरका व्यवस्थापक चैतन्य बरालले जानकारी दिनुभयो । हिँजो देखी प्रदर्शनमा आएको चलचित्र चङगा चेट हेर्न आएका दर्शकलाई कोल्ड कफि बितरण गरिएको उहाँले बताउनु भयो ।
यसै विच हिँजो देखी प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र चङगा चेटले सुखद व्यापार सुरु गरेको छ । लुट जस्तो सफल चलचित्रका निर्माता माधव वाग्ले र निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा रहेको बहुप्रतिक्षित चलचित्र चङगा चेटले दमकमा सुखद सुरुवात गरेको चलचित्रका बितरक तथा पाथिभरा चित्रमन्दिर दमकका व्यवस्थापक चैतन्य बरालले जानकारी दिनुभयो । हिँजो देखीका दैनिक दुवै वटा शो हरुमा दर्शकहरुको उपस्थिति एकदमै ठुलो रहेको चलिचित्र बितरक बरालले बताउनुभयो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...