Home / ताजा समाचार / नेपाल शिक्षक महासंघ गौरादह नगर कार्य समितिको अगुवाईमा गौरादह नगरकार्यपालिकामा धर्ना

नेपाल शिक्षक महासंघ गौरादह नगर कार्य समितिको अगुवाईमा गौरादह नगरकार्यपालिकामा धर्ना

सप्तरङ्गी एफ.एम. दमक / कात्तिक १७  , २०७५

झापाको गौरादह नगपालीकामा कार्यरत शिक्षकहरुले शुक्रबार  नेपाल शिक्षक महासंघ नगर कार्य समितिको अगुवाईमा गौरादह नगरपालिकामा धर्ना दिएका छन् ।

शिक्षकहरुलाई मासिका तलवको व्यवस्था हुनुपर्ने लगायतका माग सहित नेपाल शिक्षक शिक्षक महासंघ राष्ट्रिय समितिले उठाएका ३२ वटा माग सहित गौरादह नगरपालिकामा विरोध सहित धर्ना दिएको हो ।

नेपाल शिक्षक महासंघले शिक्षकका पेशागत हकहित सम्वन्धी ६ वटा र शिक्षण कार्यमा शैक्षिक अवस्था सुधारमा २६ वटा माग सहित धर्ना दिएको हो ।

शिक्षक महासंघले यस अघी पहिलो र दोश्रो चरणका प्रचारात्मक रुपमा मागहरुलाई पुरा गरी तेश्रो चरणको आन्दोलनमा शिक्षकहरु उत्रिएको जनाएको छ ।

धर्ना पछिको कोणसभामा बोल्ने अधिकांश वत्ताहरुले शिक्षकहरुलाई राज्यले विभेद गरेको बताए । समान तहमा काम गर्ने शिक्षकलाई स्थायी, अस्थायी, राहात, करार, लियन तथा वालविकास लगायतको दर्जा दिई विभेद गरेको बताए

कार्यक्रम प्रमुख अतिथी नेपाल शिक्षक महासंघ झापा जिल्ला अध्यक्ष बुद्धिमान कार्कीले नेपाल शिक्षक महासंघले मुलुक भित्र रहेका सबै सामुदायिक विद्यालयका शिक्षक, बालशिक्षक र कर्मचारीहरुको मागलाई सम्बोधन गर्दै चरणबद्ध रुपमा आन्दोलन गर्दै आएकाले सबै शिक्षक तथा कर्मचारीहरुलाई सहयोग गर्न आग्रह गर्नु भयो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...