Home / अपराध / भारतीय भूमिमा नेपालीको शब

भारतीय भूमिमा नेपालीको शब

१७  कार्तिक २०७५ / डिकेश लामा

झापा÷ दक्षिण झापाको सीमावर्ती क्षेत्रमा भारततर्फ नेपाली व्यक्तिको हत्या गरि पुरेको अवस्थामा शुक्रबार शब फेला परेको छ । झापाको गौरीगञ्ज गाउँपालिका वडा नं. २ कोरोबारीका ५५ बर्षीय अलकचन राजवंशीको शव भारतीय क्षेत्रमा फेला परेको हो ।

भारतको किसनगञ्ज जिल्ला लुहागारा स्थित काँसघारीमा राजवंशीको शव पुरेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जानकारी दिएको छ ।

राजवंशी ४ दिनदेखि बेपत्ता थिए । ४ दिनअघि उनी किसनगञ्ज जिल्लाको खरखरिया भन्ने स्थानमा ‘झारफुक’ गर्न गएको मृतकका छोरा उदयलाल राजवंशीले जानकारी दिनु भयो । राजवंशीको शव नेपाल–भारत सीमादेखि ५ सय मिटर दक्षिण भारतीय क्षेत्रमा गाडेको अवस्थामा फेला परेको गौरीगञ्ज प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिनु भयो ।

शबको उत्खनन् गरीएको र थप  अनुसन्धान गरिने प्रहरीले जानकारी दिएको छ ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...