Home / ट्रेन्डिङ्ग / झापाको आलु पकेट क्षेत्रमा मेशिनबाट आलु रोप्न सुरु

झापाको आलु पकेट क्षेत्रमा मेशिनबाट आलु रोप्न सुरु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक १७/
५ दिन लगाएर रोपिने आलु आधा घण्टा नभई रोपिसक्दा झापाका कृषकहरु दंग परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना व्यवसायिक कृषि उत्पादन केन्द्र अन्तर्गत झापाको एक मात्र आलु पकेट क्षेत्रमा मेशिनको प्रयोगबाट समूहले नै आलु खेती शुरु गरेका हुन् ।
१ विगाह आलु रोप्न ३० जना खेतालालाई १ दिन लाग्ने समय अव १ घण्टामा झरे पछि कमल गाउँपालिका कृषकहरु दंग परेका छन् । आइतबार साविक कृषि ज्ञान केन्द्र झापाका प्रमुख योगप्रसा खरेल, कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले सहित कृषि क्षेत्रका अगुवा व्यक्तिहरुको उपस्थितिमा आलु रोप्ने कार्य शुभारम्भ गरिएको छ ।
सरकारको अनुदानमा संचालित आलु पकेट क्षेत्रमा यो बर्ष गत बर्ष भन्दा दोव्बर ४० विगाहमा ६० जना कृषकले खेती गर्दैछन् । १० जना कृषकले विउ मात्र उत्पादन गर्ने आइपीएम कृषि सहकारी संस्थाको अध्यक्ष याम राईले बताउनु भयो । यस बर्ष टिपीएस, खुमल रातो, डेडिरे, कानपुरे लगायतको विउ रोपिने र विऊ समेत तयार गरिने बताइएको छ ।
शुरुमा २ विगाहबाट खेती शुरु गरेका कृषकले झापा पहिलो पटक मेशिन भित्र्याएर खेती शुरु गरे पछि आलु खेती गर्ने कृषकहरुको संख्या समेत बढेको संस्थाले जानकारी दिएको छ । गत बर्ष संस्थाले ६ लाख मुल्य बराबरको आलु विक्री गरेको थियो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...