Home / ट्रेन्डिङ्ग / झापा कमल गाउँपालीकास्थित फोनिक्स अंगे्रजी स्कुलको फुड फेस्टिवल कार्यक्रम सम्पन्न

झापा कमल गाउँपालीकास्थित फोनिक्स अंगे्रजी स्कुलको फुड फेस्टिवल कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक १७/
व्यवहारिक ज्ञान र शीप विकासका लागि आज कमल गाउँपालिकामा रहेको फोनिक्स अंग्रेजी स्कुलका विधार्थीले आज फुड फेस्टिवल कार्यक्रम गरेका छन् ।
नजिक रहेको तिहारको अवसर पारेर विधार्थीहरुले सामुहिक भैलो गीत गाउँदै फुड फेस्टिवल गरेका हुन् । कक्षा ८ देखि १० सम्मका विधार्थीले फेस्टिवल संचालन गरेको विधालयका प्रिन्सिपल बद्री राईले बताउनु भयो । कार्यक्रममा प्याप्सन झापा जिल्लाका कोषाध्यक्ष रामहरी घिमिरे, कमल गाउँपालिका शिक्षा शाखाका प्रमुख भोला दाहाल, स्रोत व्यक्ति केशव भट्टराई लगातयले यस्ता कार्यक्रमले विधार्थीहरुमा व्यवहारिक ज्ञान र शीपको विकास हुने बताउनु भयो ।
विधार्थीले चाउमिन, मःम, खीर, सेल, पकउडा लगायतका १८ परिकार तयार गरेका थिए । विधालय हाता भित्र संचालन गरेको फेस्टिवलमा ५० हजार बराबरको कारोवार समेत गरेको विधालयका लेखा संयोजक मिनु राईले बताउनु भयो । फेस्टिवलमा ५ सय विधार्थी र उनीहरुका अभिभावकहरुको सहभागिता रहेको थियो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...