Home / ट्रेन्डिङ्ग / दमकको वडा नम्बर ५को वडा कार्यालय स्थापना

दमकको वडा नम्बर ५को वडा कार्यालय स्थापना

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक १७/
दमकको वडा नम्बर ५ आज देखी वडा कार्यालयमा स्थानन्तरण भएको छ । स्थानिय दिपिनि बिद्यालय अगाडी एक घर भाडामा लिएर वडा कार्यालय सन्चालनमा ल्याईएको हो । आज एक कार्यक्रमका विच प्रदेशसभा सदस्य अर्जुन राईले वडा कार्यालयको उद्घाटन गर्नु भयो । यस अघि नगरपालीकाबाटै वडा कार्यालय सञ्चालन हुँदै आएकोमा आफ्नै वडामा घर भाडामा लिएर कार्यालय सञ्चालन गरिएको वडा नम्बर ५ की वडा सदस्य सरु परियारले जानकारी दिनुभयो ।
वडाध्यक्ष ईन्द्र बहादुर गुरुङको अध्यक्षतामा भएको वडा कार्यालय उद्घाटन कार्यक्रममा नगर प्रमुख रोमनाथ ओलीले नगरबासीहरुलाई आफ्नो घर आँगनमा सेवा दिने उद्देस्यले वडा कार्यालय वडामै स्थानान्तरण गरिएको बताउनु भयो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...