Home / ट्रेन्डिङ्ग / राज्यको कमजोरीका कारण मुलुकमा बेथति बढ्दै गयो : मिन विश्वकर्मा

राज्यको कमजोरीका कारण मुलुकमा बेथति बढ्दै गयो : मिन विश्वकर्मा

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक १७/
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिन विश्वकर्माले राज्यका कमजोरीका कारण मुलुकमा बेथति बढ्दै गएको बताउनुभएको छ । आज दमकमा कांग्रेस नगर समितिले पार्टी कार्यालयमा शुभदीपावली तथा छठ पर्व –२०७५ को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदानसहित चियापान कार्यक्रममा बोल्नुहुदै नेता विश्वकर्माले सरकारको कार्यशैलीले मुलुकमा चौतर्फी वेथति बढ्दै गएको आरोप लगाउनुभयो ।
दुई तिहाईको वर्तमान सरकार बाटोविहीन तर्फ उन्मु्ख भएको जिकीर गर्दै उहाँले दुई तिहाईको दम्भ गरेर सरकार अगाडी बढे त्यसले संकट निम्त्याउने चेतावनी दिनुभयो । दलीय सहमति र सहकार्य कायम गरि मुलुक समृद्धिका लागि अघि बढ्नु पर्ने मूल मार्ग भएपनि त्यसतर्फ वर्तमान सरकार प्रस्तुत हुन नसकेको उहाँको आरोप थियो । उहाँले भन्नुभयो,–‘ मुलुकको अहिलेको चुनौती सुल्झाउन दलीय सहमति,सहकार्यको विकल्प छैन् ।’
सरकारको मुख्य कार्य संघीयता कार्यान्वयनसंगै समृद्धि र विकासमा जोड दिनुपर्ने भएपनि त्यसमा सरकारको कार्य आशलाग्दो नभएको उहाँको भनाई थियो ।
कांग्रेस आन्तरिक कारणले गर्दा मात्र निर्वाचनमा हारेको चर्चा गर्दै उहाँले कांग्रेस एक ढिक्का बनाउन सवैं नेता, कार्यकर्ताहरुमा जिम्मेवारी आएको बताउनु भयो ।
त्यस अवसरमा कांग्रेसले सांस्कृतिकमूलक देउँसीभैलो समेत गरिएको थियो । पार्टीका नगर सभापति रोशन विष्टको अध्यक्षतामा भएको शुभकामना आदानप्रदानमा कांग्रेस झापाका कार्यवहाक सभापति राम कट्टेललगायतले बोल्नुभएको थियो ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...