Home / ट्रेन्डिङ्ग / झापाको गौरादह ९ बैगुन्धुरास्थित दहगाउँको सिमासार क्षेत्रलाई पर्यटन प्रवद्र्धनका रुपमा विकास गरिने

झापाको गौरादह ९ बैगुन्धुरास्थित दहगाउँको सिमासार क्षेत्रलाई पर्यटन प्रवद्र्धनका रुपमा विकास गरिने

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक १७/
झापाको गौरादह नगरपालिका वडा नं ९ बैगुन्धुरा बजारबाट करिब ३ किलोमिटर नजिकै पर्ने दहगाउँको सिमासार क्षेत्रलाई पर्यटन प्रवद्र्धनका रुपमा विकास गरिने भएको छ ।
सन्थालबस्ती क्षेत्रमा रहेको दहगाँउ खाली सिमसार क्षेत्रलाई आन्तरिक पर्यटन, प्रवद्र्धन गर्न स्थानीयहरुले तयारी थालेका छन् ।
स्थानीय राजनीतिक तथा सामाजिक अगुवा चन्द्र बहादुर खड्काले बर्षौं अघिदेखि दहका रुपमा रहेको त्यस स्थानमा पानीको कहिल्यै नसुक्ने मुहान रहेकोले त्यसको विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
सो ठाउँमा लोपोन्मुख सन्थाल जातिको सघन बसोबास रहेका कारण सन्थालहरुको संस्कार संस्कृति र सिमसार पर्यटकीय विकासका लागि महत्वपूर्ण आधार बन्न सक्ने स्थानीयबासीको भनाई छ । स्थानीयहरुले सो क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सिमसार क्षेत्रको सरसफाई गरि पूर्वाधारहरु निर्माण गर्न माग गरेका छन् ।
वडाध्यक्ष सिताराम भट्टराईले दहगाउँ बस्तीको नामाकरण नै त्यहाँ रहेको दहबाट भएको बताउँदै त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको बताउनुभयो । उहाँले त्यहाँ करिब ३ विगाहा खाली जमिन रहेको र आसपासका जग्गाधनीले समेत पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सहयोग पु¥याउने बताउनुभयो । उक्त ठाउँलाई नयाँ पर्यटकीयस्थलका रुपमा विकास गर्न प्रदेश र संघीय सरकारको समेत ध्यान जानु आवश्यक रहेको वडाध्यक्ष भट्टराईले बताउनु भयो ।
यसैबीच गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार साहसहितको सरोकारवालाहरुको टोलीले त्यहाँको पर्यटकीय विकासको सम्भावना बारे आज निरिक्षण गरी जानकारी लिएको छ । निरीक्षणका क्रममा नगर प्रमुख शाहले दहगाँउको सिमसार क्षेत्र आन्तरिक पर्यटन, प्रर्वद्धनका लागि प्रचुर संभावना भएको बताउनुहुदै नगरपालिकाले त्यसमा सहयोग पु¥याँउने प्रतिवद्धता जनाउनुभयो ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...