Home / ट्रेन्डिङ्ग / ईलामको चुलाचुलीमा पहिलो पटक बिजुली बलेपछि गाउँलेहरु हर्षित

ईलामको चुलाचुलीमा पहिलो पटक बिजुली बलेपछि गाउँलेहरु हर्षित

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २० /
ईलामको चुलाचुली गाउँपालीका को दुई ३ र ४ नम्बर वडाका बिभिन्न गाउँहरुमा पहिलो पटक बिद्युत बालिएको छ । बर्सौं देखी अँध्यारोमा बस्दै आएको गाउँलेहरु तिहार संगै गाउँमा बिजुली बल्न थालेपछि हर्षित भएका छन् । गाउँपालीका, वडा कार्यालय र स्थानियबासीहरुको सहकार्यमा वडा नम्बर ३ का गिरी टोल, मिलन चौक साथै वडा नम्बर ४ का सातपत्रे, लोकमार्ग चौक लगायतका गाउँमा हिँजो बाट बिजुली बल्न थालेको हो । छेउ छाउका गाउँहरु बषौं देखी झिलिमिली हुँदा पनि आफुहरु अध्याँरोमा बस्नु पर्दा निक्कै पिडा भएको भन्दै गाउँमा पहिलो पल्ट बिजुली बलेपछि खुशी लागेको वडा नम्बर ३ गिरी टोलका स्थानिय बलराम गिरीले बताउनु भयो ।
यहिँ ठाउँबाट बारम्बार चुनाव जितेर गएका सुबास नेम्माङ पटक पटक सभामुख बन्दा पनि उज्यालोमा बस्न नपाउँदा दुखी भएपछी आफ्नै पहलमा गाउँमा बिद्युत बिस्तार गर्ने अभियान सुरु गरिएको वडा नम्बर ३ कै मिलन चौकका प्रेम कुमार श्रेष्ठले बताउनु भयो । तिहारको सुरु संगै गाउँ उज्यालो बने पछि सबै गाउँबासी हर्षित बनेको उहाँले बताउनु भयो । बिषेश गरी स्थानियबासीकै ठुलो पहलमा गाउँमा बिद्युत बिस्तार गरिएको बिद्युत बिस्तार समितिका सल्लाहकार सम्योजक राजेन्द्र केरुङले बताउनु भयो ।
गाउँपालीका, वडा कार्यालय र स्थानियबासीको गरि करिब १ करोड बढिको लागतमा बिद्युत बिस्तार गरिएको वडा नम्बर ४ का वडाध्यक्ष कालीदास भट्टराईले जानकारी दिनुभयो । पछिल्लो पटक गरिएको बिद्युत बिस्तार बाट दुई वटा वडाका करिब ७ सय परिवार लाभान्वीत भएको वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्र लाओतीले जानकारी दिनुभयो ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...