Home / ताजा समाचार / ग्रामिण तथा सहरी बिकास परियोजना नेपालको तिन वर्षे कार्यकाल मंगलबार सम्पन्न

ग्रामिण तथा सहरी बिकास परियोजना नेपालको तिन वर्षे कार्यकाल मंगलबार सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक / कात्तिक २० , २०७५

ग्रामिण तथा सहरी बिकास परियोजना नेपालले एक कार्यक्रमको आयोजना गरि आफ्नो ३ वर्षे कार्यकाल आज सम्पन्न गरेको छ ।

ग्रामिण तथा सहरी विकास परियोजना नेपालले नेपाल महिला सशक्तिकरण संस्था गौरादह र राष्ट्रिय महिला सशत्तिकरण गौरीगंज संस्था दर्ता गरी जिम्मेवारी दिदै कार्यकाल सम्पन्न गरिएको हो ।

ग्रामीण तथा सहकारी विकास परियोजना नेपालकी अध्यक्ष वसन्त लक्ष्मी उदासको अध्यक्षतामा भएको समापन कार्यक्रममा गौरादह नगरपालिकाकाकी उपप्रमुख गिता भेटवालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमका नेपाल महिला सशक्तिकरण संस्था गौरादहकी अध्यक्ष भरिपुर्ण राई र राष्ट्रिय महिला सशक्तीकरण गौरीगंजकी अध्यक्ष फुलबति राजवंशीले अग्रजबाट आएको सल्लाह, सुझावबाट अघि बढ्ने बताउनुभयो ।

राष्ट्रिय महिला सशत्तीकरण गौरीगंजलाई गौरीगंज गाउँपालिकाले ४ लाख २५ हजार रुपैयाँ बजेट छुट्याएको अध्यक्ष राजवंशीले बताउनुभयो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...