Home / कला/साहित्य / ग्वालडुब्बा युवा समूहको देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम

ग्वालडुब्बा युवा समूहको देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम

सप्तरङ्गी एफ.एम. दमक /कात्तिक २० , २०७५

झापाको गौरादह नगरपालिका वडा नम्बर ७ स्थित ग्वालडुब्बा युवा समूहले देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम गरेको छ ।

शुभदिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा स्थानीय कलाकार, हाँस्य कलाकार तथा चर्चित गायकहरुको प्रस्तुती रहेको थियो ।

ग्वालडुब्बा बजारमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा सावीक जुरोपानी गाविस भित्रका सामुदायीक र संस्थागत विद्यालयका विद्यार्थीहरुले देउसी भैलो सम्बन्धि गितमा नृत्य गरेका थिए समूहका अध्यक्ष भोला चक्रवर्तिको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार शाहले कार्यक्रमको उदघाटन गर्दै नेपालीहरुको महान चाडपर्व र जातजातिहरुले मनाउने पर्वलाई जोगाइ राख्न आवश्यक रहेको धारणा राख्नु भयो ।

कार्यक्रममा गौरादह नगर उप प्रमुख गीता भेट्वाल, गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपेन्द्र थापा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...