Home / ताजा समाचार / दमक नगरपालिकाद्वारा रत्न वृद्धा आश्रमलाई खाद्यान्न सहयोग

दमक नगरपालिकाद्वारा रत्न वृद्धा आश्रमलाई खाद्यान्न सहयोग

सप्तरंगी एफएम / २० कार्तिक २०७५

दमक नगरपालिकाले वडा नम्बर ४ मा रहेको रत्न वृद्धा आश्रमलाई आज खाद्यन्न सहयोग गरेको छ । निजी क्षेत्रबाट सञ्चालित वृद्ध आश्रममा रहेका वृद्धवृद्धालाई तिहारको अवसर पारेर खाद्यन्न सहयोग गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले जानकारी दिनु भयो ।

आज विहान मेयर रोमनाथ ओली, उपमेयर गीता अधिकारी, प्रशासकीय अधिकृत तिम्सिना, ४ नम्बरका वडाध्यक्षसहितको टोलीले आश्रममै गएर खाद्यन्न सहयोग गरेको हो ।

नगरपालिकाले चामल, फलफूल, मिस्री, कपडालगायतका सामग्रीहरु सहयोग गरेको थियो । आश्रममा गाइघाट, उर्लाबारी, सुरुङ्गा, दमक र स्कुलचौनका गरी ७ जना वृद्धवृद्धा छन् ।

बेलायतमा बसोबास गर्ने मनमाया सुनुवारले आफ्ना बुबाआमाको स्मृतिमा सञ्चालन गरेको आश्रममा छोराछोरी नभएका, परिवार नभएका एकल एवं असक्त वृद्धवृद्धालाई राख्ने गरेको आश्रमको हेरचाह गर्दै आउनु भएका रिता सुनुवारले बताउनु भयो ।

सहयोग हस्तान्तरण गर्दै मेयर ओलीले नगरभित्रका असहाय, असक्त वृद्धवृद्धालाई संरक्षण गर्ने नगरपालिकाको नीति बमोजिम आश्रमका बुबाआमालाई सहयोग गरेको बताउनु भयो । उहाँले आश्रमका वृद्धवृद्धाको नियमित स्वस्थ्य उपचार तथा अन्य भौतिक संरचना निर्माणमा पनि नगरपालिकाले सहयोग गर्ने बताउनु भयो ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...