Home / ताजा समाचार / भूटानी शरणार्थीको समस्या समाधानका लागि स्वदेश फिर्तीको माग गर्दै ज्ञापन पत्र

भूटानी शरणार्थीको समस्या समाधानका लागि स्वदेश फिर्तीको माग गर्दै ज्ञापन पत्र

२० कार्तिक, २०७५ / डिकेश लामा

भूटानी शरणार्थीको समस्या समाधानका लागि स्वदेश फिर्ती गराउँन माग गर्दै आज शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकायमा ज्ञापन पत्र बुझाइएको छ ।

२६ बर्ष देखि पूर्वी नेपालमा बस्दै आएका भूटानी शरणार्थीहरु मध्ये घर फिर्ती चाहाने शरणार्थीहरुको माग कार्यन्वयन गराउँन राष्ट्रिय पुनर्मिलन केन्द्र भूटानले आज ज्ञापन पत्र बुझाएको हो ।

पत्र बुझाउँदै केन्द्रका अध्यक्ष कृष्णविर तामाङले भूटानी शरणार्थीहरुको समस्याका अन्तिम विकल्प स्वदेश फिर्ती नै भएकोले पहल गर्न माग गर्दै पत्र बुझाइएको बताउनु भयो । यूएनएचसीआर दमक शाखाका नव नियुक्त शाखा प्रमुख खालिद फान्सालाई पत्र दिँदै चाँडै शरणार्थीहरुको घर फिर्ती समस्या सुनवाई गर्न आग्रह गरिएको बताइएको छ ।

तेस्रो मुलुक पुनर्वास पछि हाल शरणार्थी शिविर वेलडाँगी र पथरीमा गरी करिव ८ हजार हाराहारी भूटानी शरणार्थीहरु रहेको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...