Home / ताजा समाचार / दमक ९ मा रहेको बहुमुखी टोल बिकास सस्थाको दोश्रो बार्षिक साधारण सभा सम्पन्न

दमक ९ मा रहेको बहुमुखी टोल बिकास सस्थाको दोश्रो बार्षिक साधारण सभा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक / कात्तिक २० , २०७५

दमक ९ मा रहेको बहुमुखी टोल बिकास सस्थाको दोश्रो बार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

अध्यक्ष युबराज आचार्यको अध्यक्षता तथा वडा अध्यक्ष श्री रामबहादुर धिमाल को प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा कोषाध्यक्ष खेम प्रसाद खतिवडा ले सस्थाको आय ब्यय प्रस्तुत गर्नु भएको थियो ।

उक्त अबसर मा टोलभित्र बसोबास गर्ने छ जना ज्येस्ठ नागरिक हरुलाइ सम्मान, खुल्ला नृत्य प्रतियोगिता र बाल बालिका हरुको बिच मा हाजिरी जवाफ प्रतियोगिता समेत सम्पन्न भएको छ ।

साधारण सभाले पुनः युबराज आचार्य को अध्यक्षता मा नया कार्य समिती सर्बसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्ष्यमा बिनु केसि, सचिब बासुदेब काफ्ले, सह सचिब देबिमाया पोख्रेल र कोशाध्यक्षमा खेम प्रसाद खतिवडा सर्बसम्मत चयन हुनु भएको छ ।

सस्थाका सदस्य नेत्र पराजुली ले स्वागत मन्तब्य राखेको कार्यक्रम सचिब खेमनाथ सिग्देल ले सन्चालन गर्नुभएको थियो ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...