Home / खेलकुद़़ / गाउँ तथा नगर स्तरिय खुल्ला चेस प्रतियोगिताको उपाधि गौरादहका सरोज कडरियालाई

गाउँ तथा नगर स्तरिय खुल्ला चेस प्रतियोगिताको उपाधि गौरादहका सरोज कडरियालाई

सप्तरंगी एफएम / २१  कार्तिक २०७५

ग्रामिण पत्रकार मन्च गौरादह- गौरिगन्जको आयोजनामा आज गौरादह कृषि क्याम्पसमा गरिएको गाउँ तथा नगर स्तरिय खुल्लाचेस प्रतियोगिता सप्पन्न भएको छ ।

प्रतियोगितामा गौरादह नगरपालिका वडा न ७ निवासी सरोज कडरिया (४/४) रेटिङ स्केलका साथ प्रथम , गौरादह ९ निवासीराजकुमार बान्तबा(४/३) दितिय  , त्यसै गरि गौरादह नपा वडा न १ निवासि मान प्रसाद लिम्बू( ४/२) रेटिङ स्केलका साथ तृतीयस्थान हासिल गर्न सफल हुनुभयो।

बिजेताहरुलाई क्रमस रु ५००० , ३००० र  २०००  नगदको साथमा प्रमाणपत्र र मेडलले पुरस्कृत गरिएकोछ ।

समापन तथा पुरस्कार बितरण कार्यक्रमका प्रमुख अतिथि उध्योग बाणिज्य संघ गौरादहका अध्यक्ष श्री जीवन कुमार राइले बिजेताहरुलाइ नगद पुरस्कार प्रमाणपत्र तथा मेडल हस्तान्तरण गर्नुभयो  ।

यसघि कार्यक्रमको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै प्रमुख अतिथी गौरादह नगर प्रमुख रोहित कुमार साहले   कलमजिबिपत्रकारहरुको सहायताबाट नै भ्रस्टाचार मुक्त समाज निर्माण गर्न सकिने बताउनुभयो  ।

कार्यक्रमका अतिथि  गौरीगन्ज  गाउँपालिका उपाध्यक्ष  दिपेन्द्र थापा , राप्रपा गौरादह नगर सचिब रमेस थापा ,मानवअधिकार संगठन झापा जिल्ला सचिब  श्याम पोख्रेल लगायतले सफलतापुर्वक प्रतियोगिता सम्पन्न गरेकोमा ग्रामिण पत्रकार मन्चलाई बधाईदिनुभयो  ।

कार्यक्रममा चेस खेलका प्रमुख प्रशिक्षक भुपेन्द्र निरौलालाई सम्मानपत्रका साथमा मायाको चिनोले सम्मानित समेत गरिएको थियो ।

मञ्चका अध्यक्ष बेणु प्रसाद अधिकारिको सभापतित्वमा सम्पन्न  कार्यक्रमको संचालन सस्थाका सचिब आत्माराम राजबंशी  र सह-सचिब युबराज रेग्मिले गर्नुभएको थियो  ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...