Home / कला/साहित्य / दमकमा लक्ष्मी जयन्ती तथा श्रष्टा सम्मान कार्यक्रम

दमकमा लक्ष्मी जयन्ती तथा श्रष्टा सम्मान कार्यक्रम

 

सप्तरङ्गी एफ.एम. दमक / कात्तिक २१ , २०७५

साहित्यकला संगम दमकको आयोजनामा आज दमकमा लक्ष्मी जयन्ती तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

दमक–६ देवकोटा चौकस्थित परिसरमा रहेको लक्ष्मिप्रसाद देवकोटाको तस्विरमा माल्यार्पण गरेपछि स्थानिय पशुपति मन्दिरको सभाहलमा श्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम गरिएको आयोजक संस्था साहित्यकला संगमका महासचिव विन्दु दाहाल मुकदर्शकले बताउनु भयो ।

उहाँका अनुसार यसवर्ष साहित्य तथा सामाजिक क्षेत्रमा कृयाशील तीन जना श्रष्टालाई सम्मान गरिएको हो ।

कार्यक्रममा झापा कचनकवल निवासी दृष्ट्रिविहीन श्रष्टा जेठा मुर्मु, सुनसरी ईटहरीकी कवयत्री टिका आत्रेय र सामाजिक अभियन्ताका रुपमा दमकका काशीनाथ पौडेललाई सम्मान गरिएको हो ।

तिनैजनालई कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालीका प्रमुख रोमनाथ ओलीले सम्मान गर्नु भएको हो ।

सो अवसरमा श्रष्टाहरुले महाकवि लक्ष्मी प्रसाद देवकोटाको जीवनी माथि चर्चा गर्दे साहित्यीक रचना पाठ समेत गरेका थिए ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...