Home / ताजा समाचार / स्थानीय क्षेत्रमा नै फूलको उत्पादन बढे पछि व्यवसायीहरु घाटामा

स्थानीय क्षेत्रमा नै फूलको उत्पादन बढे पछि व्यवसायीहरु घाटामा

सप्तरंगी एफएम / डिकेश लामा /  २१ कार्तिक २०७५

झापा÷स्थानीय क्षेत्रमा  उत्पादन बढे पछि भारतबाट फूल ल्याएर व्यवसाय गर्नेहरु घाटामा परेका छन् । झापाका ठूला फूल व्यवसायीहरुले यस बर्षको तिहारमा घाटा व्यहोर्नु पर्ने अवस्था आएको छ । आन्तरिक उत्पादनको बृद्धि र तिहार ढिलो भएको कारण व्यवसायीहरुले घाटा व्यहोर्नु परेको हो ।

बजारमा फूल अत्याधिक निस्किए पछि फूलको मुल्य तल झरेको छ । गत बर्ष सयपत्री फूलको प्रति माला ७० सय देखि १ सय ५० रुपँयासम्म विक्री भएको थियो । तर यो बर्ष प्रति माला ३० रुपयाँमा विक्री गर्न समेत धौ धौ परेको छ ।

प्रदेश नम्बर १ को सिमासँग जोडिएको भारतीय नाकाबाट मात्र करिव ५ करोड भन्दा धेरै मुल्यको फूल बजार भित्रिएको २० बर्ष देखि पुर्वी नेपालको मुख्य शहरमा फूल व्यवसाय गर्दै आउनु भएका जगत नारायण गुप्ताले बताउनु भयो ।

अर्का  व्यवसायी बुलु दासले यो बर्ष ४ लाख रुपँया घाटा व्यहोर्नु पर्ने अवस्था रहेको बताउनु भयो ।

झापाको मुख्य बजार दमक, विर्तामोड लगायतका क्षेत्रमा पूर्वी पहाड देखि स्थानीय क्षेत्रमा उत्पादन भएका फूल बजारमा निस्किएका छन् ।

ढिलो तिहार र सवै तिर फूल धेरै उत्पादन भए पछि भारतबाट फूल ल्याएर व्यवसाय गर्नेहरु खासगरी घाटामा जाने व्यवसायीहरुले बताएका छन् ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...