सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/
पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले बताउनु भएको छ । झापाको विर्तामोडमा रहेको पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले तल्लो तहसम्म पार्टी एकिकरणलाई जतिसक्दो चाँडो पूर्णता दिने प्रकृयामा लाग्नु पर्ने बताउनु भयो ।
सरकार मुलुकको विकास निर्माण गर्ने काममा केन्द्रित भएर अगाडि बढेको भए पनि कतिपय कुराहरुमा जनताको गुनासो आउन थालेको उहाँले बताउनु भयो । गरिबी, निरक्षता र वेरोजगारी हटाउन सामाजिक आर्थिक रुपान्तरण र विकासको कामलाई तिव्रता दिनु पर्ने उहाँले बताउनु भयो । त्यसका लागि सचीवलाय र स्थायी कमिटिको वैठकहरु चाँडो आयोजना गरी सरकार र पार्टीको समिक्षा गर्नु पर्ने नेता खनालले बताउनु भयो ।
पार्टी एकिकरण गरेको ६ महिना वितिसक्दा तल्लो तहको सवै संगठन विगठन भएकोले केही असन्तुष्ट आउन थालेकोले तत्काल यसलाई पूरा गर्ने प्रकृयामा सवै नेतृत्व तह लागेको उहाँले बताउनु भयो ।
