Home / ट्रेन्डिङ्ग / जुरोपानी बहुद्देस्सीय सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

जुरोपानी बहुद्देस्सीय सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/
झापाको गौरादह नगरपालिका ८ स्थित जुरोपानीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जुरोपानी बहुउद्देश्य सहकारी संस्था लि. ले २० औँ स्थापना दिवशको अवसरमा आयोजना गरेको रक्तदानमा ४७ जना ले रगत दान गरेका छन् । जुरोपानी चोकमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा ४ जना महिलाले रगत दान गरेका थिए भनें वडा नं. ७ का वडाध्यक्ष वलराम खरेलले यसपटक सहित १४ औँ पटक रक्तदान गर्नु भयो । मानविय सेवामा सहभागी बनौँ भन्ने उद्देश्यका साथ सञ्चालन गरिएको रक्तदानमा जुरोपानीको वालमैत्री युवा क्लवले रचनात्मक सहयोग गरेको थियो । त्यस अवसरमा १८ वर्षका पुष्कर दाहाल र ६२ वर्षका छत्र चुडालले पनि रक्तदान गर्नु भयो । नेपाल रेडक्रस सोसाइटी उपसाखा दमकको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा संकलन भएको ४७ पिन्ट रगत रेडक्रस उपसाखाको व्लड वैंकमा जम्मा गरिएको छ । जुरोपानी बहुउद्देश्य सहकारीका अध्यक्ष अमरदास सिवाकोटीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको संस्थाका मुख्य व्यवस्थापक कुमार चापागाँईले जानकारी दिनुभयो ।

x

Check Also

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...

नेविसंघ झापाको जिल्ला अधिवेसन आगामी पुष ११ गते हुने

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २३/ नेपाली कांगे्रसको भात्री संगठन नेपाल बिद्यार्थि संघ झापाको १३ औं जिल्ला ...