Home / ट्रेन्डिङ्ग / तक्मे बुढाद्वारा भुटानी शरणार्थि शिबिरमा सहयोग

तक्मे बुढाद्वारा भुटानी शरणार्थि शिबिरमा सहयोग

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/
हाँस्य कलाकार विल्सन विक्रम राई तक्मे बूढाले भूटानी शरणार्थी विधार्थीको अध्ययन सहयोगार्थ ५५ हजार ५ सय ५५ रुपयाँ सहयोग प्रदान गर्नु भएको छ । भूटानी शरणार्थी शिविर वेलडाँगीमा आज भएको कार्यक्रममा सो रकम शिविर सचीव टिकाराम रसाइलीलाई हस्तान्तरण गर्नु भएको हो ।
शिबिरबाट तेस्रो मुलुक पूर्नवास भएका नेपाली भाषी भूटानीहरुले आफूलाई पनि धेरै स्थानमा बोलाएर सहयोग गरेको भन्दै विधार्थीको पढाईका लागि सानो रकम सहयोग गरेको राईले बताउनु भयो । शिविर सुपरीवेक्षक सुरेन्द्र दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भूटानीहरुको तेस्रो मुलुकमा बसाइ र यहाँको समस्याबारे चर्चा गरिएको थियो । कार्यक्रममा हाँस्य कलाकार राईले शरणार्थी शिविरका विषयबस्तुलाई लिम्बु बोलीको नक्कल गरी दर्शकलाई मनोरञ्जन समेत दिलाएका थिए ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...