Home / ट्रेन्डिङ्ग / दमकमा कर दिवस मनाईयो

दमकमा कर दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/
आन्तरिक राजस्व कार्यालय दमकको आयोजनामा आज ७ औं कर दिवस मनाईएको छ । त्यसैगरी आज बाट सात दिन सम्म कर सप्ताह मनाउने गरि कार्यक्रमको सुभारम्भ गरिएको छ । कर दिवस मनाउने तथा कर सप्ताहको सुभारम्भ गर्ने क्रममा आज दमकमा र्याली निकालीएको छ । र्याली पछि दमक चौमा पुगेर रक्तदान कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाईटी दमकको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख रामप्रसाद पाठकले जानकारी दिनुभयो ।
आज ७ औं राष्ट्रिय कर दिवस मनाईएको र आज बाट कर सप्ताह पनि सुरु गरिएको उहाँले जानकारी दिनुभयो । आज बाट सुरु गरिएको कर सप्ताह अन्तर्गत यो हप्ता भरिनै कर सम्बन्धि जन चेतना जगाउने किसिमका कार्यक्रम गरिने उहाँले बताउनु भयो । जस अन्तर्गत भोली प्रचारात्मक कार्यक्रम गर्ने, पर्सि ३ गते दमक क्षेत्रमा रहेका सहकारी र स्कुल कलेजहरु संग अन्तर्कि्रया गर्ने, ४ गते कमल गाउँपालीकाको केर्खामा, ५ गते शिवसताक्षिको शिवगञ्जमा, ६ गते गौरिगञ्जको गौरिगञ्ज बजारमा र ७ गते समापन कार्यक्रम गरि कर सप्ताहको अन्त्य गरिने कार्यालय प्रमुख पाठकले जानकारी दिनुभयो ।

x

Check Also

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...

नेविसंघ झापाको जिल्ला अधिवेसन आगामी पुष ११ गते हुने

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २३/ नेपाली कांगे्रसको भात्री संगठन नेपाल बिद्यार्थि संघ झापाको १३ औं जिल्ला ...