Home / ट्रेन्डिङ्ग / महिला विभेदसम्बन्धी अभियान शसक्त बनाउनु पर्नेमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको जोड

महिला विभेदसम्बन्धी अभियान शसक्त बनाउनु पर्नेमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको जोड

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/
प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतले महिला विभेदसम्बन्धी अभियान प्रदेश नम्बर १ मा पनि शसक्त बनाउनु पर्ने मा जोड दिनु भएको छ । आज झापामा मुश्लिम उत्थान तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री राउतले वेटी पढाऊ, वेटी बचाऊ अभियान प्रदेश नम्बर १ को पिछाडिएका मुश्लिम समूदायमा पनि आवश्यक भएकोले स्थानीय सरकारले प्राथमिकता दिनु पर्ने बताउनु भयो ।
मन्त्रि राउतले प्रदेश नम्बर २ मा प्रहरी भर्नामा ५० प्रतिशत महिला अनिवार्य, हरेक क्षेत्रमा आरक्षण कोटा जस्ता कुराले महिला र पिछाडिएका समूदायमा फलदायी कार्य भएको बताउनु भयो । उहाँले मुश्लिम समूदाय पछाडि पर्नुमा राज्य र स्वयम् समुदायको पनि जिम्मेवारी भएको बताउनु भयो । मन्त्रि राउतले भोटको पछि नभई आफूहरु माथि उठ्न लाग्न मुश्लिम समूदायलाई आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृहराज्य मन्त्रि रिजवान अन्सारीले समृद्ध देश निर्माणका लागि एकता अनिवार्य भएकोले सवैको अधिकार संविधान सुनिश्चित गर्नु पर्ने बताउनु भयो । उहाँले संवैधानिक अधिकार प्राप्त नभएसम्म देशमा दिर्घकालिन शान्ति र सुव्यवस्था नआउने समेत दावी गर्नु भयो । मुश्लिम समाज झापाको आयोजनामा भएको कार्यक्रममा पूर्व महिला बालबालिका समाज कल्याण राज्य मन्त्रि जाकिर हुसेन, प्रदेश १ का प्रदेश सभा सदस्य हिराकुमार थापा, ताहिर अली अन्सारी लगायतले बोल्नु भएको थियो ।

x

Check Also

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...

नेविसंघ झापाको जिल्ला अधिवेसन आगामी पुष ११ गते हुने

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २३/ नेपाली कांगे्रसको भात्री संगठन नेपाल बिद्यार्थि संघ झापाको १३ औं जिल्ला ...