Home / ट्रेन्डिङ्ग / आदिवासी कोच महिलाको अवस्थामा सुधार ल्याउन सरकारको ध्यानाकर्षण

आदिवासी कोच महिलाको अवस्थामा सुधार ल्याउन सरकारको ध्यानाकर्षण

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २/
झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा सहभागी जनप्रतिनिधिले कोच आदिवासी महिलाको पहुँच स्थानीय तहमा बढाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
संवाद समूहको सचिवालय बिर्तामोडको आयोजनामा आज भएको कोच आदिवासी महिलाको पहुँच स्थानीय तहमा कसरी बढाउने ? यसमा तपाईंको प्रतिबद्धता पहल र सहयोग के रहन्छ ? भन्ने विषयमा भएको छलफलमा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनीहरुले कोच आदिवासी महिलाका समस्याहरु समाधान गर्न आफूहरु लागीपर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
बिर्तामोड नगरपालिकाकी उपप्रमुख प्रवित्रा महतारा प्रसाईं र कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईंले आफूहरु पनि महिला नै भएर स्थानीय तहको नेतृत्वमा पुगेकोले आ–आफ्नो नगरपालिका क्षेत्रमा रहेका कोच आदिवासी महिलाहरुलाई हकअधिकार दिलाउन, उनीहरुलाई विभिन्न सीप सिकाएर आत्मनिर्भर बनाउन आफूहरु लागीपर्ने बताउनु भयो ।
छलफलमा सहभागी कोचिला महिला फ्रण्टका कोच आदिवासी महिलाहरुले आफ्ना समस्या र हकअधिकारका बारेमा आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा कोचिला गाभुर फ्रण्टकी कोषाध्यक्ष सविनासिंह राजवंशी, सदस्य पार्वती राजवंशी, मेचीनगर कोषाध्यक्ष किरण राजवंशी, कोचिला महिला फ्रण्टकी सल्लाहकार सुकमति राजवंशी, उपाध्यक्ष नौतली राजवंशी, सहसचिव बेनुका राजवंशी, बिर्तामोड नगर अध्यक्ष शर्मिला राजवंशी, कोषाध्यक्ष रेणुका राजवंशी, सदस्य कमला राजवंशी लगायतले आ–आफ्नो क्षेत्रमा भएका कोच आदिवासी महिलाका विभिन्न समस्याहरुबारे अवगत गराउनु भएको थियो ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...