Home / ट्रेन्डिङ्ग / बार्षिक उत्सवको अवसरमा स्वर्ण कमलद्वारा निशुल्क आँखा शिबिर

बार्षिक उत्सवको अवसरमा स्वर्ण कमलद्वारा निशुल्क आँखा शिबिर

सप्तरङ्गी एफ.एम. दमक / २ मंसीर २०७५

स्वर्ण कमल बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा  कमल गाउपालिक ६ लखनपुरमा आज निशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।

शिबिरमा ४ सय जनाले आँखा जाच गराएका थिए  जसमध्ये  २० जनामा मोतिया बिन्दुको समस्या देखिएको र निशुल्क  अप्रेसनको लागि मेची आखा अस्पताल बिर्तामोड पठाइएको  आयोजक संस्था स्वर्णकमल सहकारीका सचिव राम मिश्रले जानकारी दिनुभयो ।

शिबिरमा  दुई सय जनालाई सहुलियत दरमा औषधी  र चस्मा बितरण गरिएको मिश्रले  बताउनुभयो ।

स्वर्ण कमल बचत तथा ऋण सहकारी सस्थाको  प्रथम बार्षिक उत्सवको अवसरमा साउथपोल एजुकेशनल फाउन्डेसन बोर्डिङ्ग स्कुलको प्राङ्गण्मा शिबिर सम्पन्न भएको हो ।

मेची आखा अस्पतालको प्राबिधिक सहयोग रहेको शिबिरमा आँखा बिशेषज्ञ डाक्टर कबिता कार्की सहितको टोलीले सेवा दिएको थियो  ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...