Home / ट्रेन्डिङ्ग / झापाको मदरगाछमा बृहत योग शिबिर

झापाको मदरगाछमा बृहत योग शिबिर

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २/
झापाको झापा गाउँपालिकास्थित मदरगाछमा आज बाट जिल्ला स्तरिय वृहत योग विज्ञान शिविर शुरुभएको छ ।
स्थानिय दिपज्योति युवा क्लवको आयोजना तथा झापा गाउँपालिका को संयोजनमा वडा नम्वर ७ मदरगाछ स्थित जनकल्याण माध्यमिक विध्यालयको प्राङ्गणमा आज बाट शुरुभएको योग शिविर ५ दिन सम्म सन्चालन हुने छ ।
आज बिहान सुरु भएको योग शिबिर कार्यक्रममा प्रमुख अतिथी झापा गाउँपालिका अध्यक्ष जय नारायण शाहाले दिप प्रज्वलन गरेर शिविरको उद्घाटन गर्नु भयो ।
शिविरमा उपस्थित सहगागिलाई पतन्जली योग समिती नेपालका केन्दीय प्रभारि लवदेव मिश्र, केन्दीय सदस्य तथा जडिबुटी विज्ञ टिका खतिवडा प्रदेश १ का महामन्त्रि लक्ष्मि प्रसाद काफ्ले लगायत ले प्रशिक्षण दिनुहुने छ ।
शिविरमा आहार, विहार, खानपान, जडिबुटी, जिवन शैलि, योग, प्रणायम, आशन लगायका विषयमा ५ दिन सम्म प्रशिक्षण हुने पतन्जली योग समिती झापाका अध्यक्ष देवि प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
आज पहिलो दिनको शिविरमा करिव २ सय ५० जना भन्दा बढीको सहभागीता रहेको थियो ।

x

Check Also

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...

नेविसंघ झापाको जिल्ला अधिवेसन आगामी पुष ११ गते हुने

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २३/ नेपाली कांगे्रसको भात्री संगठन नेपाल बिद्यार्थि संघ झापाको १३ औं जिल्ला ...