Home / ट्रेन्डिङ्ग / नेपाल प्रेस युनियन झापाको पद हस्तान्तरण सम्पन्न

नेपाल प्रेस युनियन झापाको पद हस्तान्तरण सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर ३/
नेपाल प्रेस युनियन झापा शाखाको नवौं अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिलाई आज पदहस्तान्तरणसहित पमाणपत्र प्रदान गरिएको छ ।
विर्तामोडमा सम्पन्न कार्यक्रममा गत असोज १३ भएको अधिवेशनबाट इन्दु पूर्वेलीको अध्यक्षतामा निर्वाचित कार्य समितिलाई तत्कालिन अध्यक्ष कृष्ण हुमागाइँले पद हस्तान्तरण गर्नु भएको हो । सोहि अवसरमा यूनियनका कार्यसमिति, प्रदेश प्रतिनिधि र केन्द्रीय प्रतिनिधिहरुलाई निर्वाचन समितिले प्रमाणपत्र प्रदान गरेको छ ।
नेपाली कांग्रेस झापाका पूर्व सभापति एवम् पूर्व सांसद सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सहभागी वक्ताहरुले स्वतन्त्र प्रेस विना लोकतन्त्र कमजोर हुने भन्दै निर्भीक, निडर भएर व्यवसायिक तर्फ अघि बढ्न जोड दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि शिवाकोटीले स्वतन्त्र प्रेसका लागि पत्रकारहरुले निर्वाह गर्दैआएको भुमिका महत्वपूर्ण रहेको चर्चा गर्नु भयो । नेता शिवाकोटीले यतिबेला राज्यपक्ष प्रेसलाई आफ्नो नियन्त्रणमा लिन खोजिरहेको भन्दै यसलाई तानाशाहको उदय हुने संकेतका रुपमा लिन सकिने उल्लेख गर्नु भयो ।
कांग्रेस झापाका कार्यवाहक सभापति राम कटट्ेल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र क्षेत्री र प्रेस चौतारीका जिल्ला अध्यक्ष मुक्ति पौडेलले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो । पदहस्तान्तरणपछि आजनै युननियनको पहिलो बैठकले अघिल्लो कार्य समितिसहित निर्वाचन मण्डल, केन्द्रीय प्रतिनिधिलाई धन्यवाद, सल्लाहकार समिति गठन सहित तीन वटा निर्णय पारित गरेको सचिव डिल्लीराम घोर्साइले जानकारी दिनुभयो । उहाँका अनुसार सल्लाहकार समितिमा राजेन्द्र गौतम, कृष्ण हुमागाई, चिन्तामणि दाहाल, गोविन्दचन्द्र क्षेत्री, भिम नेम्बाङ्ग र लोकराज ढकाल लाई मनोनयन गरिएको छ ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...