Home / खेलकुद़़ / झापाको गौरादहबाट क्रिकेटका उत्कृष्ट तिन खेलाडी छनौट

झापाको गौरादहबाट क्रिकेटका उत्कृष्ट तिन खेलाडी छनौट

सप्तरङ्गी एफ.एम. दमक/मंशिर ४/
झापाको दक्षिण क्षेत्र गौरादह नगरपालिका बाट क्रिकेट खेलका लागी खेलाडीहरु छनौट भएका छन् । नेक्सस युथ लिग काठमाण्डौको लागी गौरादह क्षेत्रबाट ३ जना खेलाडी छनौट भएका हुन् । ग्रेट हिमायलन एकेडेमी काठमाण्डौले उत्कृष्ट खेलाडी विराज तामाङ, मौषम चापागाई, वेन्जामिन खत्रीलाई छनौट गरेको हो । लाली गुरास क्रिकेट एकेडेमी केर्खामा भएको क्रिकेट छनौट खेलबाट २४ खेलाडीहरु मध्य गौरादह बाट ३ जना खेलाडी छनौट भएका हुन् । युवाहरुलाई अनुशासित, मर्यादित र शारिरिक विकासको माध्यम बाट एकिकृत गर्न सकिने विभिन्न क्षेत्रबाट उद्घोष भईरहदा खेल क्षेत्रमा उत्कृष्ट योगदान दिनु राम्रो भएको मौषमका वुवा लोकनाथ चापागाईले बताउनु भयो । उहाँले आप्mनो छोराले क्रिकेट खेलमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएकोमा खुशी व्यक्त गर्नु भयो । खेलकुद क्षेत्रको विकासका लागी सम्वन्धित निकायले ध्यान दिएर आवश्यक सेवा सुविधा उपलब्ध गराएमा यस नगरपालिका बाट राष्ट्रियस्तरका खेलाडी स्तरका खेलाडी उत्पादन गर्न सकिने विराज तामाङका वुवा विटु तामाङ (जिम्बा) ले बताउनु भयो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...