सप्तरङ्गी एफ.एम. दमक/मंशिर ६/
झापाको गौरादह नगरपालिकामा आज शहिद रमेश सुवेदी र विष्णु प्रधानको १४ औं स्मृती दिवसको अवसर पारेर रक्तदान तथा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियू तथा अनेरास्ववियु क्रान्तिकारीको संयुक्त आयोजनामा शहिदको सम्झनामा रक्तदान तथा श्रद्धाञ्जली सभा कार्यक्रम गरिएको हो ।
२०६१ साल मंसिर ६ गते आजकै दिन तत्कालीन शाही नेपाली सेना द्वारा हत्या गरिएका माओवादीका नेता तथा अनेरास्ववियु (क्रान्तिकारीका ) तत्कालीन झापा जिल्ला अध्यक्ष एवं उपाध्यक्ष रमेश सुवेदी र विष्णु प्रधानको स्मृतिमा प्रत्येक वर्ष रवि स्मृति दिवस मनाउने गरिएको छ ।
रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ६७ जनाले रगत दान गरेका छन् । नेपाल सोही अवसरमा शहिद मञ्च गौरादह पूनः निर्माण तथा व्यवस्थापन समिति समेत गठन गरिएको छ । रवि स्मृतिमा सहभागिहरुले दुर्गा गौतमको अध्यक्षतामा ११ सदस्सीय समिति गठन गरिएको छ। समितिको सचिवमा डण्डिराज घिमिरे, कोषाध्यक्षमा चक्रपाणी बराल रहनु भएको छ । समितिको सदस्यहरुमा दिलिप भण्डारी, लेखनाथ ताजपुरिया, मोहन खनाल, खड्गराज थापा, लक्ष्मी ढकाल, हरि बस्नेत, शान्ता दाहाल र पर्शुराम सुवेदी रहनु भएको छ ।
