Home / ट्रेन्डिङ्ग / गौरादह १ का सुरज शाहको जिवन रक्षाको लागी दमकका युवाहरुको अभियान सुरु

गौरादह १ का सुरज शाहको जिवन रक्षाको लागी दमकका युवाहरुको अभियान सुरु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १०/
झापाको गौरादह १ सिरानटोल निवासि दुबै मृगौला खराब भएका सुरज शाहको जिवन रक्षाको लागी दमकमा रहेका युवाहरुको सक्रियतामा सुरज शाह बचाउ अभियानको समिती गठन गरिएको छ ।
शाहको पारिवारिक आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले उपचारमा सहयोग पु¥याउन दमकका युवाहरुले अभियान सुरु गरेका हुन् ।
दमक निवासी निराजन केसिको अध्यक्षतामा सुरज शाह वचाउ अभियान गठन गरिएको छ । समितिको उपाध्यक्षमा दिपेन्द्र तिवारी, कोषाध्यक्षमा राजु निरौला र सचिब गणेश प्रधान रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा मेघनाथ फुयल, नारायण न्यौपाने लगायत १३ सदस्य समिती गठन भएको छ ।
समितीले भोलिनै बैंकमा खाता खोलेर ससक्त रुपमा अभियान सुरु गर्ने सचिब गणेश प्रधानले बताउनु भयो ।
मिहिनेती, जेहेन्दार र अनुशाशित शाह केही बर्ष अघि हेल्थ असिस्टेन्टको रुपमा विभिन्न क्लिनिकहरुमा काम गर्नु भएको थियो । त्यसपछि दमक स्थित जनमुखी सहकारी सस्थामा बजार प्रतिनिधिको रुपमा पनि काम गर्नु भएको थियो । पछिल्लो समय दुवै मृगौला खराब भएका कारण घरमै बसेर उपचारको प्रतिक्षा गरिरहेका शाहलाई उपचारमा सहयोग पु¥याउन अभियान सुरु गरिएको अभियानका सचिव राजु निरौलाले बताउनु भयो ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...