Home / अपराध / झापाको शिवसताक्षिमा गए राती आगलागी हुँदा एकै परिवारका चारजनाको मृत्यु

झापाको शिवसताक्षिमा गए राती आगलागी हुँदा एकै परिवारका चारजनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १०/
झापाको शिवसताक्षि नगरपालीकामा गए राती आगलागी हुँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ । शिवसताक्षि नगरपालीका वडा नम्बर ७ स्थित लालझोडाका स्थानिय लक्षमण खनालको घरमा आगाली हुँदा घर धनी ३५ बर्षिय खनाल उहाँकी श्रीमती ३२ बर्षिय राधीका खनाल, ४ बर्षिया छोरी चन्द्रा खनाल र ४ महिनाको छोरा टिकाराम खनालको को जलेर मृत्यु भएका ईलाका प्रहरी कायालय झिलझिलेले जनाएको छ ।
गए राती करिब ११ बजे तिर घरका सबैजना सुतेको समयमा अचानक आगाली भएको देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै पुगेको प्रहरी, दमकलबाट पुगेको दमकल र स्थानिय बासीहरुको प्रयासमा राती साढे १ बजे मात्रै आगो पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । काठको एकतले घर आगालागी बाट पुर्ण रुपमा क्षती भएको ईलाका प्रहरी कार्यालय झिझिलेका प्रमुख प्रहरी निरिक्षक कैलाश राईले जानकारी दिनुभयो ।
के कारणले आगालागि भएको अहिले सम्म थाहा नभएको उहाँले जानकारी दिनुभयो । अहिले घटना स्थलमा बिवरण संकलन र सोधपुछ भैरहेको उहाँले बताउनु भयो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...