Home / ट्रेन्डिङ्ग / वर्तमान सरकारले जनताको हितमा कुनै पनि काम नगरेको झापाली कांग्रेस नेताहरुको आरोप

वर्तमान सरकारले जनताको हितमा कुनै पनि काम नगरेको झापाली कांग्रेस नेताहरुको आरोप

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १०/
वर्तमान सरकारले जनताको हितमा कुनै पनि काम नगरेको कांग्रेस नेताहरुले आरोप लगाएका छन् । नेपाल प्रेस युनियन माई पश्चिम क्षेत्रीय समिति झापाले आज दमकमा गरेको पत्रकार सम्मेलनमा वर्तमान सरकारले जनताले अपेक्षा गरेको जस्तो कार्य नगरेको कांग्रेस नेताहरुले आरोप लगाएका हुन् । कार्यक्रममा नेपाली काँग्रेशका महासमिति सदस्य डा. खगेन्द्र प्रसाद अधिकारीले दुई तिहाईको आडमा सरकार अधिनायकवाद तर्फ उत्मुख भएकोले त्यस विरुद्ध सदन र सडकमा आन्दोलन गर्ने दावी गर्नु भयो ।
अधिकारीले वर्तमान सरकार सपना मात्रै बाँड्ने सरकार भएको टिप्पणी गर्नु भयो । उहाँले चुनावका बेला जनता संग गरेको वचा अनुसारको ५ हजार भत्ता खोई ? भन्दै प्रस्न समेत गर्नु भयो । त्यसै गरीव अधिकारीले खोई सिण्डिकेट अन्त्य भएको ? सुन काण्ड र निर्मला पन्तका हत्यारा प्रकणमा सरकार किन मौन ? भन्दै प्रस्न गर्नु भयो ।
महासमिति सदस्य अनिलकुमार प्रसाईं र नेता राजन बहादुर ढुंगानाले प्रधानमन्त्री ओलीको क्षेत्रमा समेत कुनै देखिने गरी विकासका कार्यहरु नभएको दावी गर्नु भयो । क्षेत्रीय सभापती ढुण्डी भण्डारीले दमकमा देखाईएको बिकाशका सपनाहरु सपनामै सिमित भएको कटाक्ष गर्नु भयो । औद्योगीक करिडोर, बुद्ध मुर्ति देखी भ्यु टावर सम्मको काममा कुनै प्रगती नभएको भन्दै बरु प्रधानमन्त्रीको सचिवालयले जन आक्रोस सान्त बनाउन बेला बेला प्रेस बिज्ञप्ति निकालेर सबै काम प्रक्रियामा छन् भन्दै जनतालाई ढाँट्ने गरेको उहाँले आरोप लगाउनु भयो ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेन्द्रकुमारी लिम्बुले बर्तमान सरकारले आफू खुशी काम गर्दै आएको हल्ला आउन थालेको भन्दै विकास निर्माणमा समेत अनुगमन गरिने बताउने भयो । लिम्बुले प्रधानमन्त्रीको गृह नगर दमकमा आर्यघाट निर्माणको लागी आएको ४० लाख रुपैयाँ बजेटबारे स्थानीय सरकारले स्पष्ट पार्न माग समेत गर्नु भयो । उहाँले भौतिक विकासका केही योजनाहरु शुरु नै नगरी बजेट खाने काम समेत गरेको भन्दै सो विरुद्धमा काँग्रेशले आन्दोलन समेत गर्ने बताउनु भयो ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...