Home / ट्रेन्डिङ्ग / ईलामको माङसेबुङस्थित सरस्वती माबिको बोर्डबाट लिम्बु भाषालाई सरकारी कामकाजीको भाषा बनाउन सुरु

ईलामको माङसेबुङस्थित सरस्वती माबिको बोर्डबाट लिम्बु भाषालाई सरकारी कामकाजीको भाषा बनाउन सुरु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १२/
ईलाम जिल्लाको माङसेबुङ ५ स्थित सरस्वती माध्यमिक विद्यालयले त्रैभाषिक नाम बोर्ड कार्यान्वयनमा ल्याएको छ । वडा कार्यालयले वडा भित्र सरकारी भाषा सरह लिम्बु भाषालाई पनि कामकाजी भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरेलगत्तै विद्यालयले त्रैभाषिक नाम बोर्ड राखेको हो ।
आज विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विद्यालयको नामाङ्कित त्रैभाषिक बोर्डको वडाध्यक्ष नरेन्द्र राईले उद्घाटन गर्नु भयो । उहाँले लिम्बु समुदाय बहुल वडामा कामकाजी भाषाका रुपमा लिम्बु भाषालाई प्रयोग गर्ने नीति अनुसार विद्यालयबाट औपचारिक रुपमा शुभारम्भ गरिएको बताउनु भयो । गाउँपालिका भित्रका ३२ वटा विद्यालयको नाम वहुभाषिक बनाउन स्थानीय सरकारको योजना रहेको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।
माङसेबुङ गाउँपालिकाले यसअघि नै सामूदायिक विद्यालय र सरकारी कार्यालयहरुमा देवनागरिक, रोमन र किरात सिरिजंगा लिपिमा विद्यालयको नाम वोर्डहरु राख्ने निर्णय गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा भएको बोर्ड उद्घाटन कार्यक्रममा जनप्रतिनिधिहरु, स्थानीय सामाजिक, शैक्षिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...